Trending
News / 2nd Jan 2024

*पुरुष लन टेनिस टुर्नामेण्टको दोस्रो दिनको म्याच सम्पन्न*

सिलगढी, 2 जनवरी (न्यूज एक्सपोज 365 डेज्, डेस्क) :* अखिल भारतीय टेनिस संघ र बंगाल टेनिस संघको आयोजनामा सिलगढी जिमखाना क्लबमा पुरुष लन टेनिस टुर्नामेण्ट सम्पन्न भइरहेको छ। हिजो 1 जनवरी 2024 बिहान अजय कुमार आईपीएस, एडीजी उत्तर बंगालले विशेष व्यक्तिहरूको साथमा उक्त लन टेनिस टुर्नामेण्टको उद्घाटन गरे भने आगामी 5 जनवरीसम्म टुर्नामेण्ट हुनेछ। आज दोस्रो दिनको टुर्नामेण्टमा चौथो वरियता प्राप्त उडीसाका चिन्मय प्रधानलाई कर्नाटकका प्रकाश सर्रानले 2-6, 6-3, 4-4 द्वारा पराजित गरे। सिलगढी जिमखाना क्लबका स्थानीय खेलाडी प्री-क्वाटर फाइनल एकल म्याचमा महाराष्ट्रका राज जितेन्द्र बगदाईबाट पराजित भए।  एउटा अर्को म्याचमा शीर्ष वरियता प्राप्त उडीसाका अमृतराज मोहन्तीले पश्चिम बंगालका मयन तिवारीलाई 3-6, 6-1, 6-1 द्वारा पराजित गरे भने तेस्रो वरियता प्राप्त पश्चिम बंगालका मोहम्मद फरीदनले  महाराष्ट्रका जगनमय पाणिग्रहीलाई 6-0, 6-4 द्वारा पराजित गरे। यसरी नै एउटा अन्य म्याचमा दोस्रो वरियता प्राप्त तेलंगानाका सुहित रेड्डी लंकाले पश्चिम बंगालका अबरा घोषलाई 6-4, 6-3 द्वारा पराजित गरे। उक्त खेलको फाइनल खेल 5 जनवरीको दिन बिहान 9 बजेदेखि हुने जिमखाना क्लबका निसी गुरुङले बताएका छन्।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI