*पुरुष लन टेनिस टुर्नामेण्टको दोस्रो दिनको म्याच सम्पन्न*
सिलगढी, 2 जनवरी (न्यूज एक्सपोज 365 डेज्, डेस्क) :* अखिल भारतीय टेनिस संघ र बंगाल टेनिस संघको आयोजनामा सिलगढी जिमखाना क्लबमा पुरुष लन टेनिस टुर्नामेण्ट सम्पन्न भइरहेको छ। हिजो 1 जनवरी 2024 बिहान अजय कुमार आईपीएस, एडीजी उत्तर बंगालले विशेष व्यक्तिहरूको साथमा उक्त लन टेनिस टुर्नामेण्टको उद्घाटन गरे भने आगामी 5 जनवरीसम्म टुर्नामेण्ट हुनेछ। आज दोस्रो दिनको टुर्नामेण्टमा चौथो वरियता प्राप्त उडीसाका चिन्मय प्रधानलाई कर्नाटकका प्रकाश सर्रानले 2-6, 6-3, 4-4 द्वारा पराजित गरे। सिलगढी जिमखाना क्लबका स्थानीय खेलाडी प्री-क्वाटर फाइनल एकल म्याचमा महाराष्ट्रका राज जितेन्द्र बगदाईबाट पराजित भए। एउटा अर्को म्याचमा शीर्ष वरियता प्राप्त उडीसाका अमृतराज मोहन्तीले पश्चिम बंगालका मयन तिवारीलाई 3-6, 6-1, 6-1 द्वारा पराजित गरे भने तेस्रो वरियता प्राप्त पश्चिम बंगालका मोहम्मद फरीदनले महाराष्ट्रका जगनमय पाणिग्रहीलाई 6-0, 6-4 द्वारा पराजित गरे। यसरी नै एउटा अन्य म्याचमा दोस्रो वरियता प्राप्त तेलंगानाका सुहित रेड्डी लंकाले पश्चिम बंगालका अबरा घोषलाई 6-4, 6-3 द्वारा पराजित गरे। उक्त खेलको फाइनल खेल 5 जनवरीको दिन बिहान 9 बजेदेखि हुने जिमखाना क्लबका निसी गुरुङले बताएका छन्।
We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more