Trending
News / 25th Nov 2023

*पूर्व कप्तान भाइचुङ भुटिया एसडीएफमा सामेल सिक्किमे जनतामा नयाँ आशाको किरण*

सिलगढी, (न्यूज एक्सपोज 365 डेज् , डेस्क) : भारतीय फूटबल टोलीका पूर्व कप्तान एवं हाम्रो सिक्किम पार्टीका अध्यक्ष भाइचुङ भूटिया हिजो आधिकारिक रूपमा पूर्व मुख्यमन्त्री पवन चामलिङको नेतृत्व भएको सिक्किम डेमोक्रेटिक फ्रण्ट (एनडीएफ) पार्टीमा सामेल भए। सिक्किमको राभाङ्गलामा आयोजित एउटा भव्य समारोहमा उनलाई पार्टी अध्यक्ष पवन चामलिङले न्यानो स्वागत जनाए। आफ्नो सम्बोधनमा भाइचुङ भुटियाले भने, हामी सबैले एसकेएमलाई मौका दियौं। तर गत चार वर्षमा एसकेएमले सिक्किमलाई 15 वर्ष  पछाडि गरिदियो। मुख्यमन्त्री प्रेमसिंह गोलेलाई सिक्किमका अहिलेसम्मकै सबैभन्दा कमजोर मुख्यमन्त्री रहेको बताउँदै राज्यको पहिचान र अधिकार एसकेएम पार्टीले बेचेको आरोप भूटियाले लगाए। उनले अझ भने, पवन चामलिङ देशमा सम्मानित एक वरिष्ठ नेता हुन्। यसैले सिक्किम राज्यलाई सही मार्गमा ल्याउन उनको नेतृत्व आवश्यक छ। स्मरणीय छ, योभन्दा अघि भाइचुङ भूटियाले पश्चिम बंगालको तृणमूल कंग्रेस त्यागेपछि सिक्किममा हाम्रो सिक्किम पार्टी गठन गरेका थिए। उनको उक्त पार्टी एसडीएफ पार्टीमा विलय भएपछि सिक्किमे जनतामा एउटा नयाँ आशाको किरण देखापरेको यहाँका मानिसहरू बताउँछन्।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI