*सिलगढीमा सम्पन्न लन टेनिस टुर्नामेण्टको फाइनल खेल भोलि*
सिलगढी, 4 जनवरी (न्यूज एक्सपोज 365 डेज्, डेस्क) : सिलगढी जिमखाना क्लबमा अल इण्डिया पुरुष 1 लाख पुरस्कार राशिको टेनिस प्रतियोगितामा आज एकल खेलहरूको सेमिफाइनल सम्पन्न भयो। भिडन्तको खेलमा ओरिसाका अमृतजय मोहन्तीले महाराष्ट्रका राज जितेन्द्र बगदाईलाई 6 - 4, 2 - 6, 6 - 2 ले पराजित गरे । अर्को सेमिफाइनल एकल खेलमा तेलंगानाका सुहित रेड्डी लंकाले पश्चिम बंगालका फरदीन मोहम्मदलाई 7 - 5, 6 - 3 को सोझो सेटमा पराजित गरे। दिउँसो हुने डबल्सको सेमिफाइनलमा स्थानीय खेलाडी सिलगढीका कैलाश गोदाराले सांसद दिग्विजय सिंहसँगको साझेदारीमा कर्नाटकका प्रकाश सर्रान र ओरिसाका चिमय प्रधान विरुद्ध प्रतिस्पर्धा गर्ने बताइएको छ। भोलि 5 जनवरी बिहान 9 बजीदेखि हुने फाइनलमा एकलमा तेलंगानाका सुहित रेड्डी लंकासँग ओरिसाका अमृतजय मोहन्ती भिड्ने छन् । सी सुधाकर, आईपीएस, पुलिस आयुक्त, सिलगढी, यस प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथिको रूपमा उपस्थित हुनेछन्।
We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more