Trending
News / 27th Apr 2023

"गोर्खाल्याण्ड हाम्रो सपना हो। गोर्खाल्याण्ड हाम्रो आमा हो।" अनित थापा

सुकुना पानीघटाको चेंग्रामा आयोजित पानीको शिलान्यास अनि पशु वितरण कार्यक्रममा जी टी ए चिफ अनित थापाले गोर्खाल्याण्ड अनि जातिको मुद्दा अब केवल भोटको बजारको मुद्दा बनेको बताए। 

उनले भने, " गोर्खाल्याण्ड हाम्रो सपना हो। गोर्खाल्याण्डलाई भोटको बजारमा बेच्ने वस्तु नबनाई दिनुहोस। गोर्खाल्याण्ड हाम्रो आमा हो। एक दिन अवश्य हुनेछ। तर गोर्खाल्याण्ड माग्ने तरिका बदल्नु पर्छ।"

आज पनि विपक्षीका नेताहरु जनतालाई झुक्याउन गोर्खाल्याण्ड अनि जातिको कुरा गर्छन् भन्दै उनले भने, "जातीकाे मुद्दा, गोर्खाल्याण्डको मुद्दा जनतालाई झुक्याउने भोटको बजारको मुद्दा बनेको छ। ८६ देखि झुक्किन्दै आएको हामी। अझ पनि जनतालाई झुक्याउने काम सुरु भएको छ।"

पञ्चायत चुनावमा पनि गोर्खाल्याण्ड अनि जातिको मुद्दा नै हुन्छ है। अनित थापा गोर्खाल्याण्ड अनि जाती विरोधी हो भन्ने न्यारेटिभ सुरु भई सकेको छ। तर जनताले भोट लिडरको काम, सोच अनि भिजन माथि दिनुपर्छ। व्यक्तिलाई होइन भन्दै उनले भने, "म बङ्गालमा बसेर बंगाल संग मिलेर नै काम गर्नु पर्छ। मैले राज्य विषयमा काम गर्छु भनेको छु अनि त्यही काम गर्दैछु। मैले गोर्खाल्याण्ड ल्याउँछु कहीं पनि भनेको छुईन। केन्द्रमा हामीले ३ जना सांसद पठायौं। तर तीन जना सांसदले एउटा काँटी सम्म पनि ल्याएन। सांसद बनाएको हामीले तर हाम्रै आँगनमा आएर यो भएन र त्यो भएन मात्र भन्छ। भएन, छैन भन्नु सजिलो छ। यदि यहाँ केही भएको छैन भने केही त बनाई देऊ।"

उनले थप भने, "गोर्खाल्याण्ड हाम्रो सपना हो। यो केन्द्रको विषय हो। राजु विष्टलाई हामीले यही कामको निम्ति पठाएका हौ। हामी झगडा गरेर गोर्खाल्याण्ड माग्ने वाला छैनौं। राजु विष्टको काम हो, उसको काममा हामी दखल दिदैनौं।"

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI