Trending
News / 1st Jan 2024

*सिलगढीमा पुरुष लन टेनिस टुर्नामेण्ट आरम्भ *

सिलगढी, 1 जनवरी (न्यूज एक्सपोज 365 डेज्, डेस्क) :* अखिल भारतीय टेनिस संघ र बंगाल टेनिस संघको आयोजनामा सिलगढी जिमखाना क्लबमा पुरुष लन टेनिस टुर्नामेण्ट सम्पन्न भइरहेको छ। आज 1 जनवरी 2024 बिहान अजय कुमार आईपीएस, एडीजी उत्तर बंगालले विशेष व्यक्तिहरूको साथमा लन टेनिस टुर्नामेण्टको उद्घाटन गरे भने आगामी 5 जनवरीसम्म टुर्नामेण्ट हुनेछ। आईपीएस अजय कुमारले भने, भारतमा अन्तर्राष्ट्रिय खेलाडीहरूको उत्पन्न तीव्र गतिमा भइरहेको छ साथै आशा छ, आउने दिनहरूमा उत्तर बंगालमा केही असल खेलाडीहरू उत्पन्न हुनेछन्। उक्त टुर्नामेण्टमा 1 लाख रुपियाँ पुरस्कार दिइने छ भने टुर्नामेण्टमा भाग लिन भारतका विभिन्न राज्यहरूबाट खेलाडीहरू आएका छन्। यस टुर्नामेण्टका निदेशक रोशन कान्त घिसिङले सिलगढीको इतिहासमा पहिलोपटक यस्तो ठूलो राष्ट्रिय टुर्नामेण्ट भइरहेको बताएका छन्। लन टेनिसमा मानिसहरूको रुचि बढाउन यस प्रकारको टुर्नामेण्ट आयोजन गरिएको निदेशक घिसिङले बताएका छन्। लन टेनिसका उत्कृष्ट खेलहरू हेरेर मनोरञ्जन लिइदिने उनले सबैलाई आग्रह गर्दै स्वागत जनाएका छन्। उक्त टुर्नामेण्टमा कोलकाताका जय मुखर्जीले रेफ्रीको भूमिका निर्वाह गरिरहेका छन्।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI