Trending
News / 6th Feb 2024

"लोकसभाको हाम्रो उम्मेद्वार गोर्खा हुनेछ।" अनित थापा

खरसाङमा आई टी पार्कको शिलान्यास समय जी टी ए प्रमुख कार्यपाल अनित थापाले लोकसभा चुनाव माथि बोल्दै घाेषणा गरे, " बीजीपिएम तृणमूल सँग गठबन्धनमा रहेको पार्टी हो। लोकसभा हामी तृणमूलको चिन्हमा लड्नेछौ तर लोकसभाको उम्मेद्वार हाम्रो गोर्खा हुनेछ।"

को हुने उम्मेद्वार भनी सोधिएको प्रश्नमा उनले भने, "तृणमूल कांग्रेसले उम्मेद्वारको निर्णय लिनेछ। जब सम्म अन्तिम निर्णय आउँदैन तब सम्म उम्मेद्वारको नाम अड्कल मात्र हो।"

थापाले अझ भने, "हामी क्षेत्रिय दल हौं। हामीले लोकसभामा हाम्रो उम्मेद्वार दिनु सक्दैनौ। सिलीगुडी अनि समतलले भोट दिएनन् भने हाम्रो भोट खेरो जानेछ।यसपालीको लोकसभा चुनावमा गोर्खा उम्मेद्वार नै हुनेछ। उम्मेदवारको चिन्ह अर्कै हुनेछ तर उम्मेद्वार हाम्रो गोर्खा हुनेछ।  १५ वर्ष हामीले जाती भनेर भोट हाल्यौ। यसपाली उपलब्धि अनि विकासको नाममा भोट हालौ।"

खरसाङमा निर्माण हुँदै गरेको आई टी पार्क माथि उनले भने, " 48 करोडको लागतमा निर्माण हुने आई टी पार्क खरसाङको निम्ति वरदान हो। खरसाङमा नयाँ 200 बेडको अस्पताल पनि निर्माण हुनेछ।"

पहाडले भावनाको राजनीति गर्यो, भत्काउने राजनीति गर्यो अब रचनात्मक, व्यवहारिक अनि उपलब्धिको राजनीति गर्नु पर्छ भन्दै थापाले आफ्नो सम्बोधनमा भने, "दार्जीलिङ पहाडको राजनीतिमा कहिले पनि उपलब्धिको राजनीति भएन।  चुनावमा मेरो विचारलाई, कामलाई जिताउनु भयो। अहिले रचनात्मक अनि व्यवहारिक राजनीति स्थापना भएको छ। अब हामीले उपलब्धिको राजनीति गर्नुपर्छ। हामीले भत्काउने काम धेरै गर्यौँ। अब पहाड बनाउने काम सुरु भएको छ।"

आजको कार्यक्रममा खरसाङका पुत्र विवेक राईलाई जीटीए चिफले सम्बर्द्धना पत्र चढाएर सम्मान गरे।

विवेक राईले सर्बियाको कस्टेनडोर्फ फिल्म एण्ड म्युजिक फेस्टिभल २०२४ (Kustendorf Film and Music Festival 2024),मा उनको छोटो फिल्म 'शान्ति'ले उत्कृष्ट सर्ट फिल्ममा 'सिल्भर एग' अवार्ड प्राप्त गरेको थियो। यो अवार्ड जितेर उनले खरसाङ अनि दार्जीलिङ्ग पहाडलाई मात्र होइन हाम्रो देश भारतलाई नै अन्तर्राष्ट्रिय स्तरमा सम्मान दिलाएको पत्रमा भनिएको छ।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI