Trending
News / 4th Nov 2023

*लेप्चा भाषालाई मान्यता दिलाउन सार्वजनिक सभा सम्पन्न*

सिलगढी 4 नोभेम्बर न्यूज एक्सपोज 365 डेज्, डेस्क): स्वदेशी लेप्चा आदिवासी एसोसिएशनले आज लेप्चा भाषा एवं संस्कृतिलाई भारतीय संविधानको आठौं अनुसूचीमा सामेल गर्ने मागमा सिलगढीको बाघाजतिन पार्क मैदानमा एउटा सार्वजनिक सभाको आयोजना गर्‍यो। जनसभामा तृणमूल कंग्रेसकी पूर्व राज्यसभा सांसद शान्ता छेत्री लगायत लेप्चा विकास बोर्डसँगै विभिन्न लेप्चा समुदायहरू र स्वैच्छिक संगठनका सदस्यहरू उपस्थित थिए। लेप्चा समुदायले लेप्चा भाषामा वाचनसँगै संवैधानिक मान्यताको माग उठाएका छन्। यद्यपि उक्त माग 2017 देखि उठिरहेको छ। पूर्व सांसद शान्ता छेत्रीले राज्यसभामा लेप्चा भाषालाई मान्यता दिने माग उठाए तापनि केन्द्र सरकारले यसमाथि ध्यान नदिएको आरोप लेप्चा आदिवासी एसोसिएशनले लगाएको छ।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI