Trending
News / 9th Dec 2023

*डेढ करोड रुपियाँको पेयजल परियोजना दुइ वर्षदेखि बन्द*

सिलगढी, (न्यूज एक्सपोज 365 डेज्, डेस्क): सिलगढी महकुमा स्थित नक्सलबाडी ब्लकको मनिराम ग्राम पञ्चायत अन्तर्गत किलारामजोतको जल परियोजना दुइ वर्षदेखि बन्द छ। स्मरण रहोस्, मुख्यमन्त्री ममता ब्यानर्जीले उत्तर बंगाल विकासको वित्तीय विभागको सहयोगद्वारा 2017 मा यस परियोजनाको उद्घाटन गरेकी थिइन्। यद्यपि यो परियोजनाको शुरुवात 1 करोड 20 लाखको लागतमा गरिएको जानकारी पाइएको छ। यसपछि सौर ऊर्जाद्वारा चल्ने प्यानल लगाउँदा अझ 30 लाख रुपियाँ खर्च भए तापनि काम भने केही हुन नसकेको जान्नमा आएको छ। यसको कारण किलाराम सूरजबर,  केटू बाबर सहित मनिराम ग्राम पञ्चायतका प्रायः बीस हजार मानिस जल संकटसँग जुटिरहेका छन्। प्रधानमन्त्री घर-घर परियोजना शुरु भएपछि पनि यो परियोजना चालू हुनेछ वा हुनेछैन यसबारे प्रशासनिक अधिकारीहरूले केही बताउन सकेका छैनन्। स्थानीय निवासीहरूले बताएअनुसार त्यहाँका मानिसहरू अहिलेघरि पिउने पानी ल्याउनु एक किलोमिटर टाढा जान परिरहेको छ। स्थानीय निवासीहरूको भनाइ छ, परियोजना शुरु भएको छ: महिनापछि नै बन्द भयो। उनीहरूले उक्त परियोजना चाँडै शुरु गर्ने माग गरेका छन्।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI