*नारायण हेल्थद्वारा नि:शुल्क थैलेसीमिया शिविर र जागरूकता कार्यक्रमको आयोजन*
सिलगढी, 12 अगस्त (न्यूज एक्सपोज 365 डेको): नारायण हेल्थ, हावडाले थैलेसीमियाद्वारा पीडित रोगीहरूको उपचारमा बोन म्यारो ट्रान्सप्लान्ट बारे जागरूकता गर्न लायन्स क्लव अफ् सिलगढी सेभियर र लायन्स क्लब अफ् सिलगढी सम्राटको सहयोगद्वारा बालाजी हेल्थ केयर सिलगढीमा आज एउटा निःशुल्क थैलेसीमिया शिविर र जागरूकता कार्यक्रमको आयोजन गर्यो। यस शिविरमा उत्तर बंगालका हरेक जिल्लाका प्रायः 150 भन्दा अधिक थैलेसीमिया रोगी र उनीहरूका भाइ बहिनीहरू उपचारको निम्ति आएका थिए। पत्रकार सम्मेलनमा नारायण हेल्थ ग्रुप अफ् हस्पिटल बेंगलुरुका भाइस चेयरमेर डा. सुनिल भट र नारायण सुपरस्पेलिटी हस्पिटल, हावडाका डा. राजीव दे विशेष रूपमा उपस्थित थिए।
We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more