Trending
News / 5th Feb 2024

#कृष्णमाया उच्चतर माध्यमिक विद्यालयका १९९४ -९६ ब्याजका विद्यार्थीहरूले गरे आफ्ना शिक्षक शिक्षिकाहरुलाई सम्मान कार्यक्रमको आयोजना#

#सिलगढी ४ फरवरी २०२४ (न्युज एक्सपोज 365 डेज, संवाददाता)#

#सिलगढी अवस्थित कृष्ण माया उच्चत्तर माध्यमिक विद्यालयका १९९४ -९६ ब्याजले आफ्ना श्रद्धेय शिक्षक शिक्षिकाहरुलाई सम्मान जनाउन एउटा विशेष कार्यक्रम सिलगढीको भानुभक्त समितिकाे भवनमा रविन प्रधानको अध्यक्षतामा सम्पन्न भयो।
यस कार्यक्रममा विद्यालयका पूर्व शिक्षकहरु सुदीप घोष ,युवराज काफ्ल,कृष्ण प्रधान ,मुक्तिप्रसाद उपाध्याय ,शारदा गुरुमा तथा गञ्जुसर को प्रतिनिधित्व गर्दै उनकी छोरी लता थापा को उपस्थिति थियो।
यस कार्यक्रम यस छिरिङ तामाङले स्वागत भाषण राख्दै विद्यालयका पूर्व शिक्षक अनि आफ्ना सहपाठीहरूको आजको उपस्थिति महत्वपूर्ण रहेको बताए।
कार्यक्रम बीच उपस्थित शिक्षक शिक्षिकाहरूको करकमलबाट स्मृति वेदना पत्रिका को विमोचन पनि गरियो। शिक्षक शिक्षिकालाई अङ्गवस्त्र अनि स्मृति चिन्ह भेट गरेर विद्यार्थीहरूले आफ्नो श्रद्धा र सम्मान व्यक्त गरे। 
कृष्ण माया उच्चतर माध्यमिक विद्यालयका ९४ -९६ का विद्यार्थीहरूले आफ्नो विद्यार्थी  जीवनलाई  स्मरणीय बनाइ राख्न 'जुनी जुनी साथ हामी' नामक संगीत भिडियोको पनि विमोचन गरियो। 'स्मृति वेदना 'पत्रिका अनि "जुनीजुनी साथ हामी " संगीत भिडियोबाट संकलित रकम विपन्न परिवारका विद्यार्थीहरूलाई शिक्षा आर्जन गर्नमा खर्च गरिने कुरा छिरिङ तामाङले बताए। कार्यक्रममा उपस्थित सबै शिक्षक शिक्षिकाहरूले कृष्णमाया स्कुलमा बिताएका क्षणहरूको स्मरण गर्दै आ-आफ्नो वक्तव्य राखे अनि विद्यार्थीहरूद्वारा यस्तो कार्यक्रमको आयोजना गरिएकोमा प्रसन्नता व्यक्त गर्दै उपस्थित सबै  विद्यार्थीहरुलाई आशीर्वाद प्रदान गरे। रजनी सुन्दास अनि साथीहरूद्वारा मिठो स्वागत गीत प्रस्तुत गरियो भने प्रितम लामाले संवर्द्धना पत्र पठन गरे। सुमित्रा प्रधान अनि अन्य अतिथि कविले मिठो कविता वाचन पनि गरेका थिए।
कार्यक्रमको सञ्चालन महेन्द्र थापाले गरेका थिए#NewsExpose365Days#

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI