नेपालमा भारतीय मुद्रालाई लिएर नयाँ फरमान जारी
यदि तपाईं भारतका नागरिक हुनुहुन्छ अनि नेपाल जानु हुँदैछ भने तपाईँसँग पाँच हजार रूपियाँ भन्दा अधिक लान पाउनु हुने छैन। त्यो पनि एक सय अनि त्यो भन्दा तलको नोटहरू मात्र। थाह लागे अनुसार, नेपाल राष्ट्र ब्याङ्कले एउटा अधिसूचना जारी गर्दै नेपालमा भारतीय मुद्रा पाँच हजार भन्दा अधिक रूपियाँ लिएर जान नपाउने बताएको छ। यदि तपाईंलाई केही बड़ी रकम लान परे भारतीय मुद्रा एक्सचेञ्ज गरेर लानु पर्नेछ। त्यसरी नै, नेपालका नागरिकका नागरिक भारत आउँदै 25 हजार भन्दा अधिक नगद लिएर आउनु पाउने छैन। यदि चिकित्साको निम्ति आउने हो भने 50 हजार रुपियाँसम्म छुट दिइएको थाह लागेको छ।
भारतको छिमेकी राष्ट्र हो नेपाल। भारत-नेपाल सम्बन्ध वैश्विक देशहरूको तुलनामा आज पनि सबै देशहरूभन्दा उत्तम छ। विश्वमा प्राकृतिक सौन्दर्यताको धनी यो देशमा संसारको सबैभन्दा अग्लो हिमाल माउण्ट एभरेष्ट अवस्थित छ। नेपाल एउटा पर्यटन देश हुनाले त्यहाँ घुम्न जान नचाहने शायदै होला। तर अहिले नेपालमा भारतीय मुद्रालाई लिएर जुन फरमान जारी गरिएको छ, त्यस पश्चात भारतीय नागरिकमा तनावको स्थिति उत्पन्न भएको छ। यस प्रकारको फरमानले भारत-नेपालको सीमावर्ती क्षेत्रहरूलाई व्यापारको सन्दर्भमा धेरै क्षति पुऱ्याएको छ।
We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more