Trending
News / 8th Oct 2023

*भलपैह्रोद्वारा गम्भीर क्षति*

सिलगढी, 8 अक्टोबर (न्यूज एक्सपोज 365 डेज्, जितेन सिञ्चेउरी): 
गत 4 अक्टोबरमा उत्तरी सिक्किमको मङ्गन जिल्लाको लोनाक झीलका केही भागमा ग्लेशियल लेक आउटबर्स्ट  भएपछि टिस्टा नदीमा तीब्र गतिले जलस्तरमा वृद्धिको कारण चारैतिर भलपैह्रोले तहस-नहस गरी हाहाकार मच्चाएको थियो। उक्त विनाशकारी भलपैह्रोले मङ्गन, पाक्योङ्ग र नाम्ची जिल्लाहरूसँगै बङ्गाल राज्यको कालेबुङ जिल्लामा पनि गम्भीर क्षति भएको थियो। सिक्किमको जल विद्युत परियोजनादेखि सिलगढीसँग सिक्किमलाई जोड्ने राष्ट्रिय राजमार्ग 10 का धेरै स्थानहरू पूर्णरूपमा क्षतिग्रस्त भएका थिए भने अहिले बाटो सफाईको कार्य तीव्रगतिमा भइरहेको जान्नमा आएको छ। हजारौं घर टिस्टा नदीमा जल समाधि भएको कारण मानिसहरू बेघर भएर राहत शिविरहरूमा शरण लिइरहेका छन्। विनाशकारी प्राकृतिक प्रकोपको भलपैह्रोमा सेनाका प्रायः 23 जना जवान बेपत्ता भएको जनाइएको थियो भने अहिलेसम्म कतिजना मानिसहरूले ज्यान गुमाए यसको ठीकसँग आधिकारिक पुष्टि हुन नसकेको जानकारी पाइएको छ। क्षतिग्रस्त भएका स्थानहरूको सिक्किम, बङ्गाल र जीटीएका मन्त्री र नेताहरू साथै कतिपय गैर-सरकारी संस्थाहरुले निरीक्षण गरी आवश्यक सामग्रीहरू प्रदान गरिरहेका पीडित परिवारहरूले बताएका छन्।
स्मरण रहोस्, 1968 को भयानक भलपैह्रो पनि 4 अक्टोबरकै दिन आएको जानकारहरू बताउँछन्।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI