Trending
News / 25th Aug 2023

*महिलालाई हत्या गरी लुटेको आरोपमा दुइ पक्राउ*

सिलगढी, 25 अगस्त (न्यूज एक्सपोज 365 डेज्, जितेन सिञ्चेउरी): एउटा बन्द फ्ल्याटबाट एउटी महिलाको शव फेला परेको मामिलामा सिलगढी थाना पुलिसले दुइ व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूको नाम राजीव मजूमदार र रोहित डाकुवा बताइएको छ। आरोपीहरूलाई आज सिलगढी अदालतमा पेश गरिने जानकारी पाइएको छ। पुलिस सूत्र अनुसार उक्त फ्ल्याटको ग्राउण्ड फ्लोरमा आरोपी राजीवको दबाइ दोकान छ। मृतक सोमा सरकारका सम्पूर्ण दबाइहरू प्रति महिना उनले उपलब्ध गराउँथे। योभन्दा अघि पनि यी दुवैले एउटा ठगीको घटना गरिसकेका अनि सजायबाट बाँच्न ठगीको रकम पीडितलाई फर्काइसकेको जानकारी पाइएको छ। पुलिसको मतानुसार कर्जाको बोझ कम्ती गर्न दुवैले उक्त हत्याकाण्ड गरेका हुन्। हत्यापछि उक्त मृत महिलाको घरबाट अढाइ लाख रुपियाँ र गहना लिएर चम्पट भएका थिए।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI