Trending
News / 26th May 2023

112 घर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल 

"बोल्ने समय गयो, काम गर्ने समय हो यो।" अनित थापा

दार्जीलिङ महकुमा अन्तर्गत विभिन्न समष्टिबाट  विभिन्न राजनैतिक दलहरू त्यागेर 112 घर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। आज सामेल हुनेहरूलाई पार्टी अध्यक्ष अनित थापाले पार्टीको झण्डा थमाएर पार्टीमा स्वागत जनाए।

उनले आफ्नो सम्बोधनमा भने, "अब बोल्ने समय गयो। काम गर्ने समय हो। यस समष्टिमा हाम्रो सङ्गठन दुर्बल छ। तर बिस्तारै बलियो सङ्गठन खडा गर्नु पर्नेछ।" उनले पार्टीका क्षेत्रिय संयोजक अमृत योञ्जनलाई नयाँ समिति गठन गर्ने निर्देश पनि दिए।

उनले भने, "हामीले सुरु गरेको मञ्चले पहाडमा शान्ति ल्याउने, पहाडको विकास गर्ने उद्देश्य लिएर खडा गरेको मञ्च थियो। जनताले हामीलाई रुचाउनु भयो। त्यसैले जी टी ए चुनाव जित्नु सफल भयौं।"

सामेल हुनेहरूलाई स्वागत जनाउँदै उनले भने, "हाम्रो सोच अनि विचारलाई समर्थन गरेर पार्टीमा सामेल हुनुभयो। तर हाम्रो सोच र विचारमा हिँड्नु गार्हो छ। हामी व्यावहारिक राजनीति गर्छौ। व्यावहारिक राजनीति गर्नु गार्हो हुन्छ कारण हामीलाई भावनात्मक राजनीति गर्ने बानी बसेको छ।"

दार्जीलिङ महकुमा समितिका अध्यक्ष आलोककान्त मणि थुलुङले भने, "बी जी पि एम ले पहाडमा राजनैतिक स्थिरता ल्याएको छ। यही राजनैतिक स्थिरताको कारण पर्यटकको घुइँचो बढेको छ। पर्यटक बढ्नु भनेको यहाँको व्यापार बढ्नु हो, गाडी चल्नु हो, सबैको चुल्हा जल्नु हो। अब दार्जीलिङ्ग पहाडलाई अशान्त राख्नु हुँदैन।"

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI