Trending
News / 5th Jun 2024

4 बेंगाल गर्ल्स बटालियन एन सी सी को संयुक्त आयोजनामा वार्षिक तालिम

4 बङ्गाल गर्ल्स बटालियन एन सी सी को संयुक्त आयोजनामा वार्षिक तालिम डी पी एस फूलबारीमा ३ जुन देखि १२ जुन २०२४ सम्म सम्पन्न भइरहेछ। जसमा लगभग २४० एन सी सी क्याडेटहरू र २५ एनसीसी स्टाफहरूले शिविरमा भाग लिइरहेका छन्।
कमान्डिङ अफिसर तथा क्याम्प कमान्डेन्ट कर्नल जयदिप गोस्वामीले आफ्नो उद्घाटन सम्बोधनमा उपस्थित सबै क्याडेट तथा स्टाफलाई सम्बोधन गर्दै तालिमको महत्व विशेषगरी म्याप रिडिंग , फिल्डक्राफ्ट, ब्याटल क्राफ्ट, फायरिङ्ग र यसबाहेक तालिमको महत्वबारे जानकारी गराए। 
विभिन्न सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिने जानकारी गराउँदै उत्कृष्ट क्याडेटहरूलाई पुरस्कार प्रदान गरिने छ। उनले जुन १२ को दिन शिविर समापन हुने पनि बताए। सबै क्याडेटहरूलाई उनीहरूको प्रशिक्षण सफलतापूर्वक पुरा गरेपछि क्याम्प प्रमाणपत्र वितरण गरिनेछ।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI