Trending
News / 6th Feb 2024

अनित थापाले गरे खरसाङ आई टी पार्कको शिलान्यास

सिलगड़ी ६फरवरी २०२४ (न्यूज ‌एक्सपोज 365डेज, डेस्क)" खरसाङ आई टी पार्क पहाडको एन्ट्रेप्रूनरको निम्ति मात्र नभएर उत्तर बङ्गाल कै एन्ट्रेप्रूनर अनि शिक्षित युवाको निम्ति वरदान हुनेछ।" सौम्य पुरकैत, मुख्य सचिव, जी टी ए

खरसाङको लभ रोड स्थित पुरानो पार्किङ स्ट्याण्डमा आज जी टी ए चिफ अनित थापाले खरसाङ आई टी पार्कको शिलान्यास गरे। शिलान्यास कार्यक्रममा सौम्य पुरकैत, मुख्य सचिव, जी टी ए, दार्जिलिङ जिल्लापाल, दार्जीलिङ जिल्ला एस पी,  अतिरिक्त एस पी,  लगायत अनिल च्याटर्जी, वेबेलका उपाध्यक्ष जसले आई टी पार्क को मोडल तयार पारे, रेडियन्ट कम्पनीका सुदिप गोयल, जसले प्रोजेक्ट डिजाइन अनि प्रोजेक्ट प्रोपोजल तयार गरे, अभाध सिग्देल, एस डी ओ, खरसाङ, अरूण प्रकाश, एसपी दार्जिलिङ जिल्लाको पनि उपस्थिति रहेको थियो। 

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै जी टी एका मुख्य सचिव सौम्य पुरकैतले भने, "खरसाङ आई टी पार्क पहाडको एन्ट्रेप्रूनरको निम्ति मात्र नभएर उत्तर बङ्गाल कै एन्ट्रेप्रूनर अनि शिक्षित युवाको निम्ति वरदान हुनेछ। यो प्रोजेक्ट अनित थापाको भिजन अनि निरन्तर प्रयासको कारण सफल हुनु गएको हो।"

उनले थप भने, " आई टी पार्कले पहाडका शिक्षित युवाहरूलाई रोजगारको अवसर प्रदान गर्नेछ। भारतीय साथै विदेशी कम्पनीलाई यहाँ लगानी गर्न प्रोत्साहन गर्नेछ।"

खरसाङ आई टी पार्क, खरसाङ शहरलाई स्मार्ट शहर बनाउने परियोजनाहरू मध्ये एक नयाँ योजना हो।

आई टी सम्बन्धित सुविधा बाहेक यस पार्कमा फुटबल ग्राउण्ड, ब्याडमिन्टन कोर्ट , फुड कोर्टको सुविधा पनि रहनेछ।

आई टी पार्कले खरसाङलाई के फाइदा हुनेछ? यस प्रश्न माथि दार्जीलिङ जिल्ला एस पी, खरसाङ एस डि ओ साथै वेबडेलका अधिकारीहरुले आफ्नो सम्बोधनमा राखे। उहाँहरू अनुसार आई टी पार्क व्यापार केन्द्र बनिने छ। विभिन्न कम्पनीहरूले यहाँ आफ्नो कार्यलय सुरु गर्नेछन्। शिक्षित अनि कौशल भएका युवाहरुको निम्ति रोजगार खुलिने छ। खेलकुदमा रुचि राख्नेहरूलाई फुटसल ग्राउण्ड साथै ब्याडमिन्टन कोर्ट उपलब्ध हुनेछ।फुड कोर्ट, क्याफेटेरियामा स्थानीय मानिसहरूले रोजगारको मौका खोलिने छ।पहाडको विद्यार्थीहरुलाई आई टी सेक्टर प्रति आकर्षित गर्नेछ।

त्यसरी नै जी टी ए चिफ अनित थापाले आई टी पार्क सँग सँगै खरसाङमा 200 बेडको नयाँ खरसाङ अस्पतालको निर्माण हुने घोषणा गरे। उनले भने, " मैले कोविडको समय काम गर्दा थाहा पाएँ कि राम्रो वातावरणको कारण पनि रोगी चाँडो निको हुँदो रहेछ। त्यसैले आगामी बनिने खरसाङ अस्पताल ब्रिटिस मोडलमा बनाइने छ।"

आई टी पार्क 48 करोडको लागतमा निर्माण हुनेछ। वर्तमान 28 करोड राज्यले अनुमोदन गरिसकेको छ। आगामी दुई वर्ष भित्रमा निर्माण कार्य पूर्ण हुने बताइएको छ।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI