नवग्रह मन्दिरमा राधिका दासजीको आगमन
सिलगढ़ी, 18 अप्रेल। अन्तर्राष्ट्रिय कथावाचिका राधिका दासीजीले मङ्गलबार दिउँसो दुर्गागढ़ीस्थित नवग्रह मन्दिर कामाख्या शक्तिपीठको दर्शन तथा परिभ्रमण गरिन्। मन्दिरका संस्थापक पण्डित धुर्व उपाध्यायको आग्रहमा राधिकाजीले आफ्नो व्यस्ततताबाट समय निकाल्दै केही समय मन्दिरमा बिताइन्। यस अवधि दुर्गागढ़ीवासी उनका भक्तिमय प्रवचनमा रमाए। राधिकाजीले नेपालमा तीन ठाउँ ठूल्ठूला आश्रम बनाएर त्यहाँ कोही नभएका सड़कमा बस्ने बेसहारा मानिसहरूलाई बस्न, खान दिन साथै उनीहरूलाई कौशल सिकाएर स्वनिर्भर बनाउने दिशामा सक्रियतिसित काम गरिरहेकी छन्। उनले ईश्वर धर्मसँगसँगै मानिसहरूलाई मानव धर्म अर्थात् मानव सेवा गर्ने विषयमा प्रोत्साहित गरिन्। पण्डित धुर्व उपाध्यायसँगै यहाँका वासिन्दाले मन्दिरमा प्रत्येक वर्ष बसन्त पञ्चमीको दिनदेखि पुराण गरिने कुरा उनलाई जनाउँदै आउँदो वर्ष समय मिले उनको मुखारवृन्दबाट कथा सुन्ने इन्छा रहेको जनाए। राधिकाजीले समय मिले अवश्यै यहाँ कथा भन्न आउने बताइन्। यहाँ आएर मन्दिर र यहाँका मानिसहरूलाई भेटेर धेरै खुशी लागेको उनले बताइन्।
" /> 
                        
                    Email subscription is an opportunity to receive an interesting newsletter from our website
 We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more
                We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more© All Rights Reserved. Designed by NETDEMI