Trending
News / 2nd May 2023

ब्रम्हपुत्रको तीर र माँ कामाख्याको काखमा 'नदी अनि नारी' कार्यक्रम : सम्वर्द्धित कवयित्री मञ्जुला तामाङ सुब्बा: 

गुवहाटी || ०२ मई || मंगलबार : गत् आइतबारको दिन 'कोहिनूर  वर्ल्ड बुक अफ  रेकर्ड मा दर्ता एकमात्र नारी केन्दित संस्थाको मञ्च 'नदी अनि नारी' राष्ट्रिय कविता समारोहमा पश्चिम बङ्गाल राज्यको दार्जिलिङ जिल्लाबाट नेपाली भाषी कविको रुप प्रतिनिधित्व गर्दै कवयित्री मञ्जुला तामाङ सुब्बाले 'साहित्य संस्कृति अन्तर्राष्ट्रिय कविता  मञ्च' ( literature cultural international poet stage) मा उक्त संस्थाकै सदस्याको हैसियतमा  आफ्नो सहभागीता जनाएकी छन्।
     गुवहाटी खानापारा स्थित university of science and technology (USTM)को डा°अबदुल कलाम प्रेक्षागृहमा आयोजित उक्त कार्यक्रममा मेघालयका कुलपति 
 माहाबुबिल हुसेन समारोह अध्यक्षको रुपमा आसिन थिए भने प्रमुख अतिथिगणमा इस्लाम हुसेन,मेराज वासिकु रहमान  , विशिष्ट अतिथिगणमा सदानन्द गोगोई,दिलीप  बरूवा उपस्थित थिए। 
      बङ्गलादेश,  नेपाल, अमेरिका, आसामका विभिन्न जिल्लाहरू,कोलकाता,दार्जिलिङ, सिलगड़ीबाट 'नारी अनि नदी' संस्थाका नारी कवि सदस्याहरूबाट आ-आफ्नो भाषामा कविता वाचन गरियो।
   कार्यक्रममा कवि इस्माइल हुसेन अनि अभिनेत्री जरिनाद्वारा सञ्चालन समारोहमा आफ्नो मातृभाषामा कविता वाचन गर्ने सुयोग पाउँदा आफुलाई गर्वबोध भएको कवि मञ्जुला तामाङ सुब्बाले महसुस गरेको जनाएकी छन्।
         कवि मञ्जुला तामाङलाई यस भव्य समारोहबीच फुलाम झपी (टोपी) दुमियर गामोसा, फारू , तोका, आसामका प्रतिक गैँडा, आसाम चिया र  सम्वर्द्धना पत्रद्वारा सम्मानित बनेपछि 'नदी अनि नारी' मञ्च साथै सि इ ओ /संस्थापक आदरणीय रोनाल्डो टैड , काव्यमणी बोरा, कवि तथा लिटल मेजिन अफ सिलिगुडी का सम्पादिका महुवा चौधरीप्रति आभार व्यक्त गरेकी छन् ।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI