Trending
News / 12th Nov 2022

मतिगढ़ादेखि सालुगढ़ासम्म एलिभेटेड फोर लेनको निर्माण

मतिगढ़ादेखि सालुगढ़ासम्म एलिभेटेड फोर लेनको निर्माण
आउँदो 17 नोभेम्बरमा केन्द्रीय मन्त्री गडकरीले यसको शिलान्यास गर्ने
सञ्जय शाशंकर

सिलगढ़ीः अब चाँड़ै मतिगढ़ाको एशियन हाइवे-2 देखि सालुगढ़ास्थित सेना छाउनीसम्म प्रायः 12 किलोमिटरको फोर लेनको एलिभेटेड करिडरको निर्माण हुनेछ। एलिभेटेड करिडर जस्तो सड़कको निर्माण भए वाहन चलाचलमा धेरै सुविधा हुनेछ। आउँदो 17 नोभेम्बरमा सड़क परिवहनमन्त्री नीतिन गड़करीले यसको शिलान्यास गर्नेछन्। प्रायः रू. 980 करोड़को लागतमा यसको निर्माण भइरहेको छ। राष्ट्रिय राजमार्ग 31 को उक्त सड़क निर्माणपछि मतिगढ़ादेखि सालुगढ़ासम्मको ट्राफिक जामको समस्यादेखि यात्रीहरू मुक्त हुनेछन्। अढ़ाई वर्षभित्र उक्त करिडरको निर्माण कार्य समाप्त गर्ने लक्ष्य राखिएको छ। दार्जीलिङका सांसद राजु विष्टले उक्त जानकारी गराउँदै भनेका छन्, सिलगढ़ी शहर एवं संलग्न इलाका दीर्घ दिनदेखि ट्राफिक जामको समस्यादेखि जुझिरहेका छन्। यसलाई लिएर निक्कै राजनैतिक खिचातानी पनि चल्यो। अब यसको समस्याको समाधान हुन गइरहेको छ। 
सड़क चौड़ा गर्नको निम्ति सड़कको किनारमा भएको रूखहरूलाई काट्नको निम्ति प्रायः चार महिना अघि नै रूखहरूमा नम्बर लगाउने काम भइसकेको छ। मतिगढ़ादेखि सालुगढ़ाको सेना छाउनीसम्मको किनारका रूखहरू सबै काटिनेछ। कतिपय ठाउँ 6 लेनको अनि कतिपय फोर लेनको हुनेछ।
सालुगढ़ादेखि मतिगढ़ासम्मको ट्राफिक जामको समस्या धेरै वर्षदेखि हो। सिक्किम, भूटान, डुवर्स अनि पूर्वोत्तर भारतलाई जोड़्ने यो राष्ट्रिय राजमार्ग भएर दिनहूँ हजारौं संख्यामा विभिन्न वाहनहरूको यातायात हुने गर्दछ। विशेषगरी सिक्किम, भूटान अनि डुवर्सका मानिसहरू उक्त सड़क भएर बाघडुग्रा एयरपोर्ट, न्यु जलपाइगढ़ी रेलवे स्टेशन, तेञ्जीङ नोर्गे बस टर्मिनस, सिलगढ़ी जंगशन, सिलगढ़ी शहर पुग्ने गर्छन्। सड़क साँघुरो हुनको कारण यहाँ वाहनको गति द्रुत हुन सक्दैन। अर्कोतिर, सड़कका किनार फूटपाथ दखलको कारण अझै वाहन चलाचलमाथि समस्या देखा परिरहेको छ। एलिभेटेड फोर लेनको निर्माण हुइञ्जेलसम्म यो समस्या नियमित रहिरहेछ। उक्त सड़कको निर्माण कार्य समाप्ति भएपछि मात्र राष्ट्रिय राजमार्ग 31 को मतिगढ़ादेखि सालुगढ़ासम्म सड़कमा जामको समस्याले मुक्ती पाउनेछ।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI