Trending
News / 6th Mar 2024

'भारतीय मूल निवासी संगठन' को गठन

सिलगड़ी ५ मार्च 202४ (न्यूज एक्सपोज 365 डेज, नि.सं.) आज मंगलबार दार्जीलिङ् जिल्ला अन्तर्गत कादोपानी क्षेत्रको सार्वजनिक भवनमा एक विशेष कार्यक्रम बीच 'भारतीय मूल निवासी संगठन 'को औपचारिक गठन गरियो । यस संगठनको मूल उद्देश्य पहाड़ तराई अनि समतल क्षेत्रका आदिवासीह‌रूलाई एक सुत्रमा बाँधेर उनीहरूको हक र अधिकारको संरक्षण गर्नु रहेको छ। यसका साथै पहाड़ तराई तथा समतल क्षेत्रका आदिवासी सन्तानलाई एक गरेर जल-जंगल, जमीनको रक्षा गर्नु साथै आर्थिक रूपमा कमजोर तथा निम्न स्तरका अनुसुचित जाति जनजाति औ पछाडिएका एवं कमजोर स्तरकाहरूको आर्थिक, सामाजिक,  शैक्षिक, सांस्कृतिक तथा नैतिक विकाशद्वारा रोजगार‌को विभिन्न अवसरहरू प्रदान गर्नु नै संगठनको मुख्य उद्देश्य रहेको बताइएको छ।

यस कार्यक्रममा जी टी एका कार्यकारी सभासद् परेश तिर्की मुख्य अतिथि थिए । विभिन्न क्षेत्रबाट आदिवासी प्रतिनिधिहरुले कार्यक्रममा
उपस्थिति प्रदान गरेका थिए । 'भारतीय मूल निवासी संगठन' को कार्यकारिणी समितिको यस प्रकारले गठन गरिएको छ - 

अध्यक्ष- परेश तिर्की

उपाध्यक्ष -मुन्ना कुजुर, आनन्द सोबोर, गुलसन बड़ाइक
महासचिव अजित टोप्पो । सह-सचिव - अमित तिर्की, भगवान मुण्डा, बिरेन एक्का, बब्लु गोदोवा, वाल्टर टोप्पो, कोषाध्यक्ष - डेविड टेटे।
सह कोषाध्यक्ष - विकाश लोहोरा

प्रचार प्रसार सचिव - सुमन एक्का 

सांगठनिक सचिव - रोमा रश्मी एक्का
अनि अन्य कार्यकारीणी सदस्य सदस्याहरु पनि चयन गरियो ।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI