Trending
News / 2nd Apr 2024

गोपाल लामाको चुनाव प्रचार अभियान तीव्र रूपमा बढ्दै 

18औँ लोकसभा चुनावमा दार्जीलिङ्ग संसदीय क्षेत्रबाट  तृणमूल कांग्रेसका प्रार्थी गोपाल लामाले आज लोवर बाघडोग्रामा जनसम्पर्क अभियानमा भाग लिए उनले नतुनपाडा देखि लोकनाथ नगर सम्म घर दैलोमा पुगी भोटको अपील गरे। जनसम्पर्क अभियान पश्चात ढुपुरियामा आयोजित महापुराणमा पनि उनले भाग लिए।

लामा सँग जनसम्पर्क अभियानमा साथ रहेका बीजीपिएमका चुनाव संयोजक विन्नी शर्माले भने, "यसपालीको चुनाव महत्वपूर्ण अनि चुनौतीपूर्ण चुनाव रहेको छ। पहाड अनि समतल दुवै ठाउँबाट हामीले उत्साहपूर्ण सहयोग पाईरहेका छौं। लख्खि भण्डारबाट पाउने रू १००० रुपियाँ प्रति महिला हरूले आभार प्रकट गरेका छन्।।"

आज साँझ मङ्गल माइतीमा युवा छात्रहरु सँग बैठक बस्ने लामाले बताएका छन्।

आजको चुनाव प्रचार समय तृणमूल नेत्री पापीया घोषले पनि गोपाल लामाको निम्ति भोटको अपिल गर्दै भनी, "दिदीले नै हाम्रो क्षेत्रको विकास गर्नेछन्। हाम्रो भूमिपुत्र गोपाल लामाले नै क्षेत्रको निम्ति काम गर्नेछन्।"

गोपाल लामाको जीत माथि आफू निश्चिन्त रहेको घोषले बताएकी छिन्।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI