Trending
News / 10th Apr 2023

 पहाडमा भ्रष्टाचारीहरु जति दिन रहन्छन्। जनताको सही विकास सम्भव छैन- भाजपा 

गोक: १० अप्रेल- आज भाजपाको बिजनबारी गोक मण्डल समितिको आयोजनामा रङदु  सार्वजनिक भवनमा एक भव्य कार्यक्रम सम्पन्न भयो। 
जसको अध्यक्षता जिल्ला उपाध्यक्ष एल एम लामाले गरेका थिए भने जिल्ला अध्यक्ष प्रा० कल्याण देवान, जिल्ला सचिव राजु थुलुङ राई । जिल्ला युवा मोर्चा अध्यक्ष निरज राई, भाजपा जिल्ला सदस्य एस बी तामाङ, सावन सुब्बा, मण्डल अध्यक्ष प्रमोद लावती, उपाध्यक्ष सञ्जय गुप्त बिजय सुब्बा, महासचिव  रबिन सुब्बा र हेमकुमार शर्मा आदि नेतृत्वहरु सभामा उपस्थित थिए। यो सभा विशेषगरी भाजपा परिवारमा सामेल हुने गोक,रङदु, कोलबुङ, नेजी,मुर्मीदाङ आदि क्षेत्रका जनतालाई स्वागत जनाउने कार्यक्रम थियो। जहाँ लगभग एक सय पचास घर जनताले भाजपामा आजदेखि समर्थन जनाए। उनीहरु सबैलाई  पार्टी जिल्ला अध्यक्ष कल्याण देवान अनि उपाध्यक्ष एल एम लामाले पार्टीको खदा अनि झण्डा प्रदान गरी पार्टीमा स्वागत जनाएका छन्। सभाद्वारा नै गोक बस्तीका बी बी राईलाई मण्डल उपाध्यक्ष अनि कोलबुङ क्षेत्रका बिमान खवासलाई मण्डल सचिव पद प्रदान गर्दै घोषणा गरियो।  साथै लगभग एक सय पचास घर विभिन्न दलहरू त्यागी भाजपा पार्टीको झण्डा ग्रहण गरे ।

भारतीय जनता पार्टी 
बिजनबारी- गोक मण्डल समिति ।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI