Trending
News / 30th Mar 2024

मयुर स्कुल,को उद्घाटन गर्न जगद्गुरु शंकराचार्य सिलगड़ीमा

सिलगड़ी,जगतगुरु शंकराचार्य ,पाँच महामण्डलेश्वरहरूसित आज बागडोगरा विमानस्थलमा ओर्लेर आज प्रथमपल्ट सिलगड़ी आइपुगेका छन् । उनी सिलगड़ीको पत्थरघट्टा ग्राम पञ्चायत, मतिगड़ा ,स्थित मयुर स्कुलको उद्‌घाटन गर्न आएका हुन् । उनको दर्शनका लागि मयुर स्कुलले सिलगड़ी तथा वरिपरिका सबैलाई उहाँको दर्शन र आर्शीवाद लिनका निम्ति निमन्त्रणा गरेको छ। विमल डालमिया संस्थापक, मयुर स्कुलले बताए कि शकराचार्य जीको आगमन‌मा उनी खुबै उत्साहित छन् ।  उनीसँग बद्रिकापीठबाट पाँच महामण्डलेश्वर पनि आइरहेका छन्‌ । उनको भोलि ११ बजे बिहान‌देखि उद्घाटन ,दर्शनको कार्यक्रम रहेको छ।

• जगदगुरू शंकराचार्य बद्रीनाथ धामका आदि गुरु शंकराचार्यको स्वागतमा बागडोगरा विमानस्थलमा खुबै भिड़‌भाड़ देखिएको थियो । पत्रकारहरुसित बात गर्दै शकंराचार्यले सिलगडीमा एउटा शैक्षिक संस्थानको निम्ति आउन पाउँदा खुबै प्रसन्नता अनुभव गरेको छु ।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI