KFC   को नयाँ जर्सी लन्च सगै नयाँ मेम्बर लाई गरियो स्वागत 
                                KFC   को नयाँ जर्सी लन्च सगै नयाँ मेम्बर लाई गरियो स्वागत 
यो सिजनको निम्ति KFC को नयाँ जर्सी लन्च सुकुना इला पाल स्कुल खेल मैदानमा आज दिनाङ्ग १७ मार्च २०२३ को दिन गरियो  ।  जर्सी लन्चको कार्यक्रम अघि हिज बित्नु भएका हाम्रो सिने जगत का हाम्रा लिजेण्ड प्रताप सुब्बा सरको  आत्म शान्ति को निम्ति २ मिनटको मौन धारण गरियो  । 
 आज नै KFC मा दुई जना नयाँ सदस्यलाई स्वागत जनाइयो उनीहरु क्रमैले श्री  सुरज  नौबाग जो फुड एण्ड सप्लाइ बाट अवकाश ग्रहण गर्नु भएको अनि श्री कोबिद छेत्री जस्ले जापानी भाषा सिकाउदै सरकारको माध्यम द्वारा जापान पठाउने काम पनि गर्नु हुन्छ  ।  श्री एल के राई, श्री विजय लिम्बू, सुरेन प्रधान, दिनकर छेत्री,  शिव कुमार राई , संजय छेत्री, रोल्याण्ड सुब्बा, आशिष प्रधान तथा खेलाडीहरु ले पनि नयाँ मेम्बरहरुलाई खदार्पण गरि स्वागत जनाए  । नयाँ मेम्बर श्री कोबिद छेत्री ज्यु ले  KFC का जापानीज भाषा सिक्न इच्छुक खेलाडीहरु लाई निशुल्क क्लास पनि गराइ दिने एउटा मौका पनि दिनु भएको छ जसको निम्ति हामी KFC परिवार वहाँ प्रति आभार ब्यक्त गर्दछौं ।
यो सिजनको जर्सी  KFC का पुर्व सचिव तथा बर्तमान पेट्रन श्री प्रीतम थापा ज्युले उनको रेस्टुरेन्ट हाइ स्प्रीट को नाम मा प्रायोजन गर्नु भएको हो र उक्त जर्सी  अनावरण  प्रीतम थापा अनि एल के राई (सोताङ)  को सयुक्त बाहुली बाट  गरियो  ।
 आजको कार्यक्रममा क्ल्ब का कार्यकारी अध्यक्ष सुरेन प्रधान, चिफ कोच दिनकर छेत्री, सह सचिव बिजय लिम्बू, एल के राई (सोताङ्ग), संजय छेत्री,  रोल्याण्ड सुब्बा, आशिष  प्रधान उपस्थित थिए  । सुरेन  प्रधान कार्यकारी अध्यक्ष   KFC