Trending
News / 19th May 2024

लिटल एञ्जल स्कूलले आयोजन गर्यो मेगा स्वास्थ्य जाँच शिविर अनि रक्तदान शिविर


लिटल एञ्जल स्कूल, सिलगड़ीद्वारा आज मेगा स्वास्थ्य जाँच शिविर आयोजन गरेको थियो।यस स्वास्थ्य जाँच शिविरमा कुनै पनि रोगका रोगीले आफ्नो आवश्यकता अनुसार कुनै पनि चिकित्सकसित निःशुल्क सल्लाह स्वास्थ्य लाभ उठाउने अवसर उपलब्ध थियो।यस शिविरमा बाल विशेषज्ञ,दंत चिकित्सक,जेनरल फिजिसियन, स्त्री रोग विशेषज्ञ, बाँझोपन विशेषज्ञ,ई एन टी,हड्डी रोग विशेषज्ञ,पेरेंटिंग कोच,मानसिक स्वास्थ्य औ कल्याण विशेषज्ञ औ नेत्र चिकित्सा पनि उपलब्ध थियो।यो शिविर पर्यावरण दिवसको उपलक्ष्यमा आयोजन गरिएको थियो।यसै अवसरमा रक्तदान शिविरको आयोजन पनि गरिएको थियो जसमा विद्यालयका शिक्षकहरूले पनि ठूलो उत्साहसित भाग लिएका थिए। पर्यावरणलाई सुरक्षित राखेर अघि बड़ने सन्देश प्रसार गर्नु नै शिविरको उद्देश्य रहेको थियो।लिटल एञ्जल स्कूलका निदेशकले सबैलाई पर्यावरण बचाएर राख्ने आव्हान पनि गरेका छन्।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI