Trending
News / 14th Jan 2024

सिलगड़ीको मयुर स्कूलले सुरेश रैनालाई २० जनवरी २०२४को क्रिकेट खेलमा अतिथि बनाउने 

सिलगड़ी ,१३ जनवरी ( न्यूज एक्सपोज 365 प्रतिनिधि) :पूर्वं भारतीय क्रिकेटर सुरेश रैना आगामी  २०जनवरीको दिन सिलगड़ीको मयुर स्कूलको भ्रमणमा आउने छन्।रैनाले भ्रमणको अवधिमा स्कूलको क्रिकेट पीच् को उद्घाटन गर्ने साथै विद्यार्थी अनि अभिभावकहरूसित भलाकुसारी गर्नेछन्।आयोजकवर्ग बिमल डालमिया,आदित्य डालमिया अनि चित्रेश डालमियाले एक प्रेस भेलालाई सम्बोधन गर्दै भने अनुसार विद्यालयले यस दिनको अविस्मरणीय अनुभव बटुल्न विद्यार्थीहरूलाई निम्त्याइनेछ अनि रैनाको उपस्थितिमा बलिंग र ब्याटिंग गर्ने मौका लिन लटरी गरिनेछ।यस खेलको आयोजना गर्नुको उदेश्य क्रिकेट पीच् लाई प्रख्यात क्रिकेटरको परामर्श अनुरूप अन्तर्राष्ट्रिय पीचको स्तरमा पुर्याउनु रहेको छ।"पहिला आउनेले मौका पाउने"को आधारमा विद्यालयले निःशुल्क प्रवेश पत्रको व्यवस्था गर्नेछ।  शिक्षाको एकीकरण अनि विद्यार्थीहरूको विकासमाथि जोड़ दिंदै आयोजकवर्गले मयुर स्कूलको अद्वितीय उदेश्यमाथि प्रकाश पारे।विद्यालयले शिक्षकहरूको गुणस्तरमा कुनै सम्झौता नगरी योग्य र प्रशिक्षित शिक्षकहरू नियुक्त गर्ने कुरामा प्रतिवद्धता पनि जनाए।मयुर स्कूललाई उत्तर पुर्वको सफल र सर्वश्रेष्ठ स्कूल बनाउने ध्येय रहेको कुरा पनि आयोजकवर्गले जनाए।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI