Trending
News / 26th Dec 2023

संगीतमय श्रीमदभागवत कथा महोत्सव महानुष्ठान 2023 को आयोजना 

सिलगढी, 25 दिसम्बर (न्यूज एक्सपोज 365 डेज, डेस्क) : संगीतमय श्रीमदभागवत कथा महोत्सव महानुष्ठान 2023 गत 18 दिसम्बरदेखि भोलि 26 दिसम्बरसम्म श्री लक्ष्मी वेङ्कटेश मन्दिर महेशमारी, मिलन मोड, सिलगढीमा भव्य रूपमा सम्पन्न भइरहेको छ। अन्तर्राष्ट्रिय युवा विद्वान अनन्त श्रीविभूषित चक्रपाणि स्वामी महाराज यसका कथा वाचक रहेका छन्। भक्तजनले उक्त कथाको भरपूर आनन्द लिइरहेका छन्। विगत 2005 मा श्री लक्ष्मी वेङ्कटेश मन्दिरको स्थापना गरिएको जान्नमा आएको छ। संगीतमय श्रीमदभागवत कथा आयोजना गरिनुको उद्देश्य मुख्य रूपले मन्दिर निर्माणको निम्ति साथै वैदिक सनातन धर्मको संरक्षण रहेको पुराण आयोजक पक्षले बताएको छ।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI