Trending
News / 1st Nov 2023

विधायक शंकर घोषद्वारा महाविद्यालयहरूमा भ्रष्टाचार भइरहेको आरोप 

सिलगढी, 31 अक्टोबर न्यूज एक्सपोज 365 डेज् (डेस्क): तृणमूल शासित छात्र संगठनले सिलगढी सहित पश्चिम बंगालका विभिन्न महाविद्यालयहरूमा भर्नामा गडबडी भइरहेको आरोप सिलगढी विधायक शंकर घोषले लगाएका छन्। आज सिलगढी जर्नलिस्ट क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त मन्तव्य प्रकट गरेका छन्। विधायक शंकर घोषले भने, कलेजमा नामांकनको निम्ति 250 रुपियाँ अतिरिक्त लिइरहेको छ। यसबारे उनले आरोप लगाउँदै भने, यस मामिलामा पनि भ्रष्टाचार गरिँदैछ। यसका साथै उनले राज्य सरकार र राज्य मन्त्रीहरू विरुद्ध पनि आलोचना गरे। उनले अझ भने, पश्चिम बंगाल सरकारको आरटीआई वेबसाइटमा कुनै जानकारी दिइँदैन, जसको कारण विद्यार्थीहरूलाई शिक्षा सम्बन्धी जानकारी हासिल हुँदैन।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI