Trending
News / 14th May 2023

सालबारी सेवा समाजको वार्षिक सभा

सिलगढ़ीदेखि केही टाढ़ा सालबारीमा स्थापित एवम् नाउँ चलेको संस्था सालबारी सेवा समाजको आइतवार वार्षिक सभा सम्पन्न भयो। सभाको अध्यक्षता राजेन मोक्तानले गरेका थिए भने प्रमुख अतिथिका रूपमा आईएस तामङ, विशिष्ट अतिथिका रूपमा पश्चिम बंगाल पुलिसका अवकाशप्राप्त आईजी सरोज गजमेर, श्रीमती राधारानी भण्डारी, निरू शर्मा आदि उपस्थित थिए। सभाको पूर्वार्द्धमा दिवंगत सदस्यहरूको सम्झनामा दुइ मिनटको मौनधारण गरियो। 
गायिका रञ्जिता सुनारको सरस्वती बन्दनाबाट शुरू गरिएको कार्यक्रममा निवृत्ति शर्मा, प्रार्थना गुरुङ अनि रञ्जिता सुनार आदिले गीत प्रस्तुत गरे भने अन्वेसा शर्माद्वारा नृत्य प्रस्तुत गरियो। 
कार्यक्रममा 80 वसन्त पार गरेका समाजका वरिष्ठ नागरिकहरू तथा निवृत्ति शर्मा, प्रार्थना गुरुङ अनि मेधावी विद्यार्थी मेनुका प्रधानलाई सम्वर्द्धना जनाइने काम गरियो। यसैबिच, सालबारी सेवा समाज एवम् समाज भवनको सुन्दरीकरणको निम्ति विशेष सहयोग पुऱ्याउनेहरूलाई पनि समाजको तर्फबाट सम्वर्द्धना जनाइयो।
सभामा प्रमुख अतिथि आई एस तामङले समाजको प्रशंसा गर्दै दुइ शब्द राखे।  सचिव विजय कुमार सुब्बाले आफ्नो प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष अर्जुन थापाले आयव्यवको फाँटवारी प्रस्तुत गरे। अन्त्यमा, समाजका अध्यक्ष राजेन मोक्तानले धन्यवाद ज्ञापनसितै सभा बर्खास्तको घोषणा गरे। सभाको सञ्चालन सुश्री अञ्जना भण्डारीले गरेकी थिइन्।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI