Trending
Lifestyle / 22nd Jan 2023

सोनाम ल्होसारको हार्दिक शुभकामना

सोनाम ल्होसारको हार्दिक शुभकामना

[]यो तामाङहरूले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथीको दिन मनाइन्छ।

[]लोसार दुइ शब्द मिलेर बनेको छ । जसको अर्थ भोटभाषासंग सम्बन्धित शेर्पा, भुटानी, योल्मो, डोल्पाली इत्यादि भाषाहरूमा ‘लो’ अर्थात वर्ष वा साल भन्ने हुन्छ भने ‘सार’ को अर्थ नयाँ भन्ने हुन्छ। यसैले लोसारको अर्थ ‘नयाँ वर्ष वा नयाँ साल’ भन्ने बुझिन्छ।

[]सोनाम ल्होछारका अवसरमा घर बस्तीहरु सफा गरी वुद्धका चित्रहरु अंकित ध्वजापताकाहरु टाँगेर वुद्धको पूजाअर्चना गरिन्छ । घरआँगन लिपपोत गरी, नुहाइधुवाई चोखो भएर पूजा गर्दै यो पर्व मनाउने गरिन्छ । परम्परागत पहिरनमा सजिएका तामाङ समूदाय एकै ठाउँमा भेला भई नाचगान रमाईलो गर्दछन् ।

[]सोनाम ल्होसारले आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकता कायम राखोस्।

अरूण सिगची
कार्यकारी सभासद
गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI