Trending
News / 27th Mar 2023

भैंसीहट्टी नेपाली प्राथमिक पाठशालालाई फेरि भाजयुमो द्वारा कम्प्युटर प्रदान गरियो।

नक्सालबारी :  सिलगढी महाकुमा अन्तर्गत नक्सालबारीमा रहेको भैंसीहट्टी नेपाली प्राथमिक पाठशालामा भारतिय जनता युवा मोर्चा दार्जीलिङ जिल्ला समिति द्वारा बिध्यार्थीहरुको निम्ति दुईवटा कम्प्युटर प्रदान गरियो।
हाम्रो भारत देश अहिले डिजिटल क्षेत्रमा अघि बढ्दै छन् भने अहिले 5G को जमानामा प्रवेश गरिसक्दा पनि हाम्रो प्राथमिक पाठशालामा कम्प्युटर थियोरीको मात्र पढाई गरिन्छ तर अब थियोरीमा मात्र नभएर  प्राकटिकल क्लास पनि गराउन पर्छ र बालबालिकाहरुको सोच्ने क्षमता वृद्धि गर्न सकिन्छ भन्ने उदेश्यले आज बिध्यर्थीहरुको निम्ति दुईवटा कम्प्युटर प्रदान गरिएको हो।
विशेषःयस कम्प्युटर प्रदान गर्नमा स्व. रुद्र प्रशाद अधिकारीको परिवार अनि स्व. शंकर अधिकारीको नाती आयुस अधिकारीले सहयोग पुर्याउनु भएको छ।
आजको प्रदान गर्ने टोलिमा भाजपा राज्य समिति सदस्य हरिप्रसाद निरौला, युवा मोर्चा दार्जीलिङ जिल्ला अध्यक्ष निरज राई, उपाध्यक्ष सुपेन्द्र प्रधान, सचिव सिद्धांत अधिकारी,बिटु सिंह विशेष रुपमा उपस्थित थिए।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI