Trending
News / 3rd Apr 2023

भारतीय जनता पार्टी दार्जिलिंग जिल्ला समिति पश्चिम बंगाल राज्य का राज्यपाल माननीय श्री सि. भि . आनन्द बोस ज्युलाई राजभवनमा भेटघाटगरे

महत्वपूर्ण बैठक : दिनाक २ अप्रेल २०२३ आईतवारको दिन भारतीय जनता पार्टी दार्जिलिंग जिल्ला समिति अध्यक्ष प्रोफेसर श्री कल्याण देवानको नेतृत्वमा जिल्ला समिति उपाध्यक्ष एल एम लामा महासचिव सन्ञय बिष्ट सचिव राजु थुलुग राई , पि सि थापा  पाँच जनाको टोली पश्चिम बंगाल राज्य का राज्यपाल माननीय श्री सि. भि . आनन्द बोस ज्युलाई राजभवनमा भेटघाटगरे ।

 बिषेश बिष मिनट भन्दा बढी मात्रमा चलेको वार्तालाप गम्भीर एव महत्वपूर्ण रहेको थियो हालमा पहाड़मा भएको राजनैतिक उतार चढाव साथै पहाड़बासीको एकमात्र भरोसा अनि आशा केन्द सरकार साथै पहाडमा बिजेपी प्रति आशा रहेको बताउदै वार्तालाप श्रीगणेश भयो । जनजाति बसोबासो गरेको बैधानिक रुपले आंशीक वर्जित क्षेत्र भएको हुनाले राज्यपाल को संवैधानिक विषेश अधिकार रहेको ले यो क्षेत्रको प्राकृतिक सन्सांधन बिषेश रहेको ले जनजाति को मानव अधिकार को सुरक्षा हेतु जमिनको हस्तांतरण बिषय राज्य सरकार को निति प्रति राज्यपालको अभिलम्ब हस्तक्षेप हुनपर्छ भन्ने कुरा देवानले राखे ।
गोर्खा जातिको दुई मुख्य मुद्दा भारतीय जनता पार्टीले संकल्प पत्रमा रहेको हुनाले केंद्र सरकार प्रति पुर्ण भरोसा रहेको पहाड तराई डुवर्सवासी साथै भारतीय जनता पार्टी दार्जिलिंग जिल्ला रहेको छन् भन्ने कुरा राखे साथै यस बिषयमा राज्यपाललाई धेरै अघिनै ज्ञात रहेको उनले बताए ।
फलस्वरूप आज भएको भेटघाट अतिनै फलदायक र गोर्खा जाती प्रति निष्पट अन्धंकार पछिको मिरमिरे घाम लागेको मान्न सकिन्छ भनि देवानले भने । अन्तमा माननीय राज्यपालले चाडै आर्को भेटघाट कलकत्तामा हुने थप कुरा गरिन ।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI