Trending
News / 6th May 2023

मिरिकमा देवऋषि नारद जयन्ती भब्यरुपमा सम्पन्न

पत्रकार दीप मिलन प्रधानलाई प्रदान गरियो देवऋषि नारद पुरस्कार 

 मिरिक। गणतन्त्रको चौथो अंग मानिएको पत्रकारहरुको  संघर्ष अनि योगदानको मुल्यांकन गर्ने उदेश्य राखेर  बिश्व संवाद केन्द्र खर्साङको आयोजनामा आज मिरिकको भुतपुर्व सैनिक संगठन  भवनमा  देवऋषि नारद जयन्ती भब्यरुपमा सम्पन्न भयो। वरिष्ठ साहित्यकार राजबहादुर राईको अध्यक्षतामा तथा वाईएन ढकालको मुख्य आतिथ्यमा सम्पन्न कार्यक्रममा मिरिक प्रेस क्लबका पत्रकारहरु 
लगायत वरिष्ठ नागरिकहरु उपस्थित थिए । यस कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली संस्कृतिक परिषदका अन्तर्राष्ट्रिय कार्याध्यक्ष अशोक चौरासियाले ऋषि नारदमुनि बिश्वकै पहिलो पत्रकार भएको बताउनुहुदै बर्तमान समयमा पत्रकारहरुको दायित्व, भूमिका अनि जिम्मेवारी धेरै रहेको कारण पत्रकारहरुले निष्पक्ष निर्भिक अनि स्वतन्त्रतारुपमा पत्रकारिताको धर्म पालन गरि सहि सूचना अनि संदेशलाई जनमानस बिच पस्किन पर्ने आवश्यकता माथी जोर दिनु भयो। मनोहर शर्माद्वारा संचालित कार्यक्रममा यस बर्षको 
देवऋषि नारद पुरस्कार मिरिकका वरिष्ठ पत्रकार दीप मिलन प्रधानलाई  प्रदान गरियो। कार्यक्रमलाई मुख्य अतिथि वाईएन ढकालले मिरिकको इतिहासमा पहिलो पटक देवऋषि नारद जयन्ती पालन गरिएकोमा खुशी व्यक्त गर्दै पौराणिक कालमा नारदमुनिले पत्रकारको अहम भूमिका निर्वाह गरेको बताउनु भयो ।यसरीनै वरिष्ठ साहित्यकार राजबहादुर राईले देवऋषि नारदलाई आदर्श पत्रकारको रुपमा लिन सकिने बताउनुहुदै आजको कार्यक्रमले सबै पत्रकारहरुको मुल्यांकन भएको धारणा व्यक्त गर्नुभयो ।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI