Trending
News / 14th Apr 2023

श्री टी आर गिरीकृत पुस्तक सिक्किममा जन्म भारतमा कर्म -को भव्यरूपमा लोकार्पण

सिलगढ़ी १४ मार्च (निस)  दार्जिलिङ सिकसटी प्लस एसोसिएशनको तत्वाधानमा अ।योजीत तथा यस संस्थाका संस्थापक सदस्य रहनुभएका वर्त्तमान अध्यक्ष श्री टी आर गिरीकृत पुस्तक सिक्किममा जन्म भारतमा कर्म- को यसै संस्थाका वरिष्ठतम् सदस्य ९३वर्षिय मिरिक निवासी एल बि देवानको अध्यक्षतामा विशिष्ट अतिथिहरूको उपस्थितिमा विधिवत लोकार्पण गरियो । यस अवसरमा समारोहको प्रारम्भमा मञ्चमा अ।सीन अध्यक्ष एल बी देवान, प्रमुख अतिथि डा जीवन राणा, ह।स्यव्यङग्यकार कृष्ण प्रधान, उपाध्यक्ष बि बी ठकुरी, बद्रीदेबी शर्मा, अ।जीवन सदस्य तथा एडभोकेट जीवन अधिकारी, सल्लाहकार तथा पूर्व आइ ए एस अधिकारी, के के छेत्री, समाज सेवक मीमलाल सापकोटा,डा खेमराज शर्मा अनि साहित्यकार लतिका जोशीहरूलाई संस्थाका आजीवन सदस्या श्रीमती तारा शरमाद्वारा माल्यार्पण गरिएपछि  उहाँहरूकै  करकलमबाट दीप प्रज्ज्वलन गरी समारोहको शुभारम्भ गरियो। संस्थाका सचिव मणिकुमार शर्माले स्वागत वक्तव्य प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष लक्ष्मण नेपालले कृतिकार टी आर गिरीको परिचय प्रस्तुत गर्नुभयो । यस अवसरमा ह।स्यव्यङग्यकार कृषण प्रधान अनि प्रमुख अतिथि डा जीवन राणाबाट  कृतिको समीक्षा प्रस्तुत गरियो । दुर्गाजनकल्याण संगठन दुर्गा मल्ल भवनमा अ।योजीत समारोहमा उक्त कृतिको प्रकाशक दार्जिलिङ सिक्सटी प्लस एसोसिएशन भएवापत सचिव मणिकुमार शर्माले प्रकाशकको वक्तव्य प्रस्तुत गर्नुभयो। यस संस्थाका सदस्यसदस्या साथै अ।मन्त्रित अतिथिहरूले भरिएको भवनमा साहित्यकार युवराज काफ्लेद्वारा सञ्चालित समारोहमा  श्री टी आर गिरीकृत पुस्तक सिक्किममा जन्म भारतमा कर्म -को भव्यरूपमा लोकार्पण गरियो । अन्तमा अध्यक्षिय सम्भाषणपछि संस्थाका सदस्य आर बी छेत्रीले धन्यवाद ज्ञापन प्रस्तुत गरेपछि अध्यक्षद्वारा समारोह समाप्तिको घोषणा गरियो भनी संस्थाको पक्षमा सचिव मणिकुमार शर्माले विज्ञप्ति जारी गरेर जानकारी गराएका हुन्। 
सधन्यवाद सहित भवदीयमणिकुमार शर्मा (सचिव)

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI