Trending
News / 1st May 2023

सुकुनामा बिध्यार्थीहरु लाई मार्गदर्शन गराइयो 

KFC सिलिगुडी को पहल मा आज अचानक सुकुना गेम्स एण्ड स्पोर्टस एसोसिएसन भवनमा नानीहरूलाई अघिको पडाईमा के कसरि पडन पर्ने भन्ने बारेमा दिलाराम चिया बारी निवासी  डाक्टर कमल भुजेल ले मार्गदर्शन गराए   ।  डाक्टर कमल भुजेल जसले हालैमा मिजोरम युनिभर्सिटी बाट भौतिक शास्त्रमा पि एच डि गरेका छन र  KFC को दशौ स्थपना दिवसमा तिनलाई क्लबको पक्ष बाट तिनको नानीहरू प्रति विशेष योगदानलाई कदर गर्दै तिनलाई सम्बर्धना जनाइएको थियो  ।  क्लबका कार्यकारी अध्यक्ष सुरेन प्रधानको अगुवाईमा यसरी हठात डाक्टर कमल भुजेल लाई सुकुनामा निम्त्याएर नानीहरू लाई शिक्षा सम्बन्धि सान्दर्भिक ज्ञान तथा मार्गदर्शन गराइयो  ।  प्रायः डेड घण्टा चलेको यो कार्यक्रम अति नै रोचक रह्यो र नानीहरूले खुबै मन पराए ।  डाक्टर कमल भुजेल ले ति नानीहरू लाई हफ्तामा एक दिन शनिबार बेलुकी ३ बजे देखि ४ बजे सम्म सुकुना मै आएर निशुल्क गणित पडाइ दिने भएका छन भने कम्पिटिटिभ एक्जाम दिदै गरेको नानीहरूलाई पनि सित्तैमा म्याथ  कोचिङ गराइ दिने भएका छन  ।

        आज सुकुना नारी कल्याण सङठन का नारीहरु क्रमैले श्रीमती अनुरा खवास प्रधान र श्रीमती रोजि प्रधान को सक्रियतामा नानीहरूलाई बोलाइएको थियो  ।

       आजको कार्यक्रममा तिनधारे निवासी क्रमैले सुश्री गोपिका ब्राह्मण जसले Bsc Math Honours अनि बि एड गरि सकेकी छिन भने तिनधारे कै सुश्री पुर्णिामा छेत्री  जसले भुगोलमा एम ए अनर्स गरि सकेर हाल मुर्शिदाबाद युनिभर्सिटी बाट बि एड गरि रहेकी छिन र तिनको दोस्रो सेमिस्टर को खजना KFC ले मिलाइ दिने दायित्व लिएको छ भने गोरुबथान निवासी सुश्री प्रेरणा भुजेल जसले उत्तर बङ्गाल युनिभर्सिटी बाट जियोलजी मा पि एच डि गरि रहेकी छिन र यिनिहरु पनि आज डाक्टर कमल भुजेल सग उपस्थित थिए भने KFC का सह सचिव बिजय लिम्बू पनि उपस्थित थिए  ।कार्यक्रम अति नै रोचक भयो र उपस्थित सबै नानीहरूले खुबै रुचाए  ।  डाक्टर कमल भुजेल लाई धन्यवाद छ  ।सुरेन प्रधान कार्यकारी अध्यक्ष  KFC 

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI