Trending
News / 29th Jul 2023

इन्डिपेन्डेन्स डे कप नकआउट फूटबल टुर्नामेण्ट दुइ गोल गरेर सिलगढ़ी युनाइटेड एफसी क्वाटर फाइनलमा प्रवेश

सालुगढ़ा नेत्र बिन्दु संघको तत्वावधानमा गत 25 जुलाईदेखि शुरू भएको इन्डिपेन्डेन्स डे कप नकआउट फूटबल टुर्नामेण्टको आज खेलिएको पहिलो राउण्डको पाचौं म्याच धेरै रोमाञ्चक रह्यो। भारतीय फूटबल टोलीका पूर्व अधिनायक भाइचूङ भोटियाको फूटबल टोली युनाइटेड सिक्किम फूटबल क्लब अनि सिलगढ़ी युनाइटेड्माझ भएको यस रोमाञ्चक म्याचमा दुवै टोलीका खेलाड़ीहरूले उत्कृत खेलको प्रदर्शन गरेका थिए। शुरूमा युनाइटेड सिक्किम एफसीले सिलगढ़ी युनाइटेडलाई दबाउ दिएको थियो। तर सिलगढ़ी युनाइटेड एफसीका खेलाड़ीहरूले आफ्नो खेलमा रणनीति परिवर्तन गर्दै विपक्षीको गोलपोस्टमा पहिलो गोल लगाउन सफल भयो। जर्सी नम्बर 7 खेलाड़ी सुरज तामाङले पहिलो गोल लगाएर टीमलाई क्वाटर फाइनलमा जाने भरोसा दिलाए। फेरि एउटा सुसाइड गोल पाएपछि सिलगढ़ी युनाइटेड एफेसी दुइ गोल अघि रह्यो। युनाइडेट सिक्किम एफसीका खेलाड़ीले गोल सुलाउनको निम्ति आफ्नो खेलमा रणनीति तयार पारे पनि सफल हुन सकेन। अन्तमा निल बचाउन युनाइटेड सिक्किम एफसी एउटा प्यानल्टी सुटआउट गर्ने मौका पायो। यो अवसरलाई कुनै अवस्थामा पनि विफल गराउन चहाँदैन थियो युनाइटेड सिक्किम एफसीले। टीम क्याप्टनले सप्सिट्युट खेलाड़ी जर्सी नम्बर 7 विलियमलाई प्यानल्टी शुटआउटको निम्ति चयन गरियो। उनले कुनै मौका नगुमाइ प्यानल्टी किकमा गोल गरेपछि युनाइटेड सिक्किम एफसीका खेलाड़ीहरूमा गोल सुलाउने साहस बड़्यो। अन्तिमसम्म युनाइटेड सिक्किमका खेलाड़ीहरूले सिलगढ़ी युनाइटेड एफसी टोलीमाथि दबाउ बनाइराखे पनि गोल सुलाउन सकेनन्। दुइ गोलले हारको सामना गर्नु पऱ्यो। दुइ गोलको जीतपछि सिलगढ़ी युनाइटेड एफसीले क्वाटर फाइनलमा प्रवेश गरेको छ। आजको खेलमा म्यान अफ् द म्याच युनाइटेड सिक्किम एफसीका खेलाड़ी चानग्रेन केसर (10) लाई चयन गरियो। आयोजक कमिटीको पक्षबाट नगद राशि एक हजार रूपियाँ प्रदान गरेर उनलाई पुरस्कृत गरियो।
आजको यस म्याचका प्रमुख अतिथिको रूपमा भारतीय फूटबल टोलीका पूर्व अधिनायक भाइचूङ भोटिया थिए भने विशिष्ट अतिथिको रूपमा सिलगढ़ीका समाजसेवी प्यारा सिङ थिए। यस अवसमा सालुगढ़ा नेत्र बिन्दु संघका अध्यक्ष छिरिङ तोपग्याल लामा (बाबु लामा), सचिव राम लामा लगायत अन्य विभिन्न स्थानीय अतिथिहरूको उपस्थिति रहेको थियो।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI