Trending
News / 13th Jun 2023

खरसाङ (13 जून) : पञ्चायत चुनावको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाद्वारा आज खरसाङमा नामांकन पत्र बुझाउने कार्य सम्पन्न गरिएको छ।

खरसाङ (13 जून) : पञ्चायत चुनावको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाद्वारा आज खरसाङमा नामांकन पत्र बुझाउने कार्य सम्पन्न गरिएको छ। खरसाङ खण्ड अन्तर्गत पर्ने 14 वटा ग्राम पञ्चायतहरूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले उम्मेद्वारहरू दिन्दै नामांकन पत्र बुझाएका छन्। खरसाङ खण्डको 14 वटा ग्राम पञ्चायतहरूमा ग्राम पञ्चायत सदस्यहरू र पञ्चायत समितिको लागि नामांकन पत्र खरसाङ खण्ड विकास कार्यालयमा बुझाउने कार्य सम्पन्न गरेका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आज नामांकन पत्र बुझाउन अघि मोटर स्ट्याण्डमा भेला भएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष एंव जीटीए चिफ् अनित थापाको अगुवाईमा समर्थकहरू र प्रार्थीहरूका साथमा रैली निकालेर खरसाङ खण्ड विकास कार्यालयसम्म पैदल नै पुगेर नामांकन पत्र बुझाउने कार्य सम्पन्न गरिएको छ। खरसाङ खण्ड अन्तर्गत पर्ने 14 वटा ग्राम पञ्चायतहरूमा रहेको 127 वटा ग्राम पञ्चायत सदस्यहरू र 31 वटा पञ्चायत समितिको सिटहरूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले उम्मेद्वार खड़ा गर्ने भएको छ। ग्राम पञ्चायत सदस्य र पञ्चायत समितिक लागि चुनावमा प्रतिद्वान्दिता गरेका प्रार्थीहरूका साथमा पार्टी अध्यक्ष अनित थापाले नै अगुवाई गर्दै खरसाङ खण्ड विकास कार्यालयमा पुगेर नामांकन पत्र बुझाउने कार्य सम्पन्न गरिएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थीहरूले नामांकन पत्र बुझाउने कार्य विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाले धेरै वर्षपछि पहाड़मा पञ्चायत चुनाव भईरहेकोले आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले नामांकन पत्र भरिरहेका छन् भने चुनावमा गाउँवासीहरुले नै प्रार्थीहरू रोजेका छन् भनी बताए। उनले यसपालीको पञ्चायत चुनावमा युवाहरूका सहभागिता बेसी देखिएको कारणले यो राजनीतिमा राम्रो संकेत हो र पहाड़को राजनीतिमा नयाँ शुरुवात भएको छ भनी बताएका छन् ।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI