Trending
News / 24th Jan 2024

भानुभक्त समितिद्वारा नेताजी सुवासचन्द्र बोसको जयन्ती पालन

आज भानुभक्त समिति सिलगडीको तत्वावधानमा वीर जवान सालिकको समीपमा नेताजी सुवास चन्द्र बोसको जयन्ती विभिन्न कार्यक्रम बीच भूतपूर्व प्रशासनिक अधिकारी गोपाल लामाको सभापतित्वमा सम्पन्न भयो।यस कार्यक्रममा जी.टी.ए. उपाध्यक्ष राजेश चौहान, जी. टी. एका कार्यकारी सभासद कल्पना  प्रधान, मे.जे.विजयधोज राई, मे. जे. पी. के. शर्मा, कर्णल महेश सुब्बा, डिस्ट्रिक्ट सेसन जर्ज अरुण कुमार राई, सभासद लाक्पा नामग्याल भोटिया, कर्णल महेश सुब्बा, बी. बी विश्वकर्म, डेनिस लेप्चा, एस. ए. पी. सुरज ठकुरी, हिमालय दर्पण समाचार पत्रिका सम्पादक शिबु छेत्री, आई, बी. थापा उच्चतर मा. वि.का प्रधानाध्यापक हेमन्त शर्मा, आदि विशिष्ट अतिथिको रूपमा उपस्थित थिए । 

कार्यक्रमको आरम्भमा जी. टी. ए. उपाध्यक्ष राजेश चौहान, अध्यक्ष गोपाल लामाका साथमा अन्य उपस्थित अतिथिहरुद्वारा दीप प्रज्वलन गरियो । त्यसपछि नेताजीको सालिकमा माल्यार्पण गरियो अनि राष्ट्रीय गीतको कार्यक्रम सम्पन्न भयो । भानुभक्त समितिका महासचिव कृष्ण लामाले भानु चोकमा स्थापित (1999मा) बीर जवान सालिकको स्थापनाको औचित्य बताउँदै नेताजी सुबास चन्द्र बोसको देशको स्वाधीनतामा योगदान बारे केही कुरा राखे । यसै सम्बोधनमा उहाँले उपस्थित सबैलाई स्वागत पनि जनाए । कार्यक्रमलाई सान्द‌र्भिक तुल्याउँदै पश्चिम बंगाल पुलिस बलका जवानहरूले सुमधुर देश भक्ति संगीत बजाएका थिए । नटराज कला केन्द्र‌का प्रशिक्षण पाइरहेका नृत्यागंनाहरूले लोकनृत्य गरेर कार्यक्रमलाई रमाइलो बनाए । 'भानुभक्त समितिले आफ्नो स्थापनाकालको रजत जयन्ती पार गरेको अवसरमा उपस्थित अतिथिवृन्द‌लाई स्मृति चिन्ह भेट गरयो साथै विपन्न परिवारका सदस्य - हरुलाई कम्बल वितरण गरियो । जी. टी. ए, उपाध्यक्ष राजेश चौहान तथा जी.टी.ए कार्यकारी सद‌स्या कल्पना प्रधानले आफ्नो वक्तव्य राखे । यस कार्यक्रमलाई महेन्द्र थापाले सनञ्चालन गरेका थिए ।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI