Trending
News / 6th Mar 2023

बुक-आन्ट-को पहिलो वर्षगाँठमा हिन्दी कविता ‘रजस्वला शहर’-को विमोचन, ११ कृतिको सामूहिक आवरण लोकार्पण

सिलगढ़ी 
सालबारीको प्रज्ञा भवनमा स्थित प्रकाशन संस्था बुक-आन्ट-को पहिलो वर्षगाँठ समारोह ५ मार्च २०२३-को दिन बुक-आन्ट बुक केफे-मा पालन गरिएको छ। वर्षगाँठ समारोहमा उदालगुड़ी, असमकी कवि तुलसीको हिन्दी कविता कृति ‘रजस्वला शहर’-को विमोचन गरियो। यससाथै बुक-आन्टबाट प्रकाशोन्मुख ११ कृतिको आवरण लोकार्पण सम्पन्न गरिएको छ। 
लब्ध-प्रतिष्ठित सर्जक नरबहादुर दाहाल, वरिष्ठ कवि ज्ञानेन्द्र खतिवड़ा, वरिष्ठ पत्रकार-कवि इरफान-ए-आजमको बाहुलीबाट ‘रजस्वला शहर’-को विमोचन गरिएको थियो। इरफानले कृतिमाति विहङ्गम समीक्षा प्रस्तुत गरेका छन्।  
बुक-आन्ट-बाट प्रकाशोन्मुख कृतिहरू सानु लामाको नेपाली कथा सङ्ग्रह ‘दुख्नु उत्तिकै छ’, ड शोभा यल्मोको लिम्बू लोककथा सङ्कलन ‘याक्थुङ-मुक-खेदा’,  राजेन मोक्तानको नेपाली उपन्यास ‘खाकी स्टोरी’, जयप्रकाश लामाको नेपाली कथा सङग्रह ‘विस्मृतिमा’, ज्ञानेन्द्र खतिवड़ाको नेपाली कविता सङ्ग्रह ‘ऐना अघिल्तिर’, खुसेन्द्र राईको नेपाली कथा सङ्ग्रह ‘इसाबेल’, प्रवीण राई जुमेलीको प्रयोगधर्मी कथा सङ्ग्रह ‘खिल्ली क्रोनिकल्स’, सृजना सुब्बाको अग्रेजी जीवनी ‘क्याप्टन दलबहादुर थापा : फर्गट्टन हिरो’, सृजना सुब्बाको अङ्ग्रेजी कविता सङ्ग्रह  ‘फिक्का चिया’, भोटू छेत्रीको नेपाली गैर आख्यान ‘चक्रव्यूहमा गोर्खा’ र कृष्ण शर्मा सुमुको नेपाली व्यंग्य ‘झरिच्याउ’–को सामूहिक आवरण लोकार्पण गरिएको थियो।  
बुक-आन्ट-बाट प्रकाशित लेखकहरूलाई संवर्द्धना एवं प्रकाशन प्रमाण-पत्र हस्तान्तरणअन्तर्गत पुरन गिरी (‘मर्मको मिठास’, नेपाली गीतिकाव्य), रोयल खाती (‘माउन्टेन मिस्ट- इंग्लिश राइटर्स अफ दार्जीलिङ हिल्स’, अंग्रेजी शोध), प्रणय शङ्कर (‘काँसभाँड़ा’, नेपाली कविता संग्रह), विक्रमवीर थापा (‘टिस्टादेखि सतलजसम्म’, नेपाली आख्यान), विल्फ्रिड सिंह (‘द एन्डलेस वेट’, अंग्रेजी उपन्यास), भविलाल लामिछाने (‘अर्धासत्य’, नेपाली आख्यान), पीके डोङ्ग (‘माउन्टेन सोल’, अंग्रेजी गैर आख्यान), सुचन (‘झ्यालिन्चा’, नेपाली कविता संग्रह)र तुलसी छेत्री (‘रजस्वला शहर’, हिंदी कविता संग्रह)-लाई लेखक-सम्मान प्रदान गरिएको थियो। 
समारोहमा अमृत सुब्बा, ज्ञानेन्द्र खतिवड़ा, राहुल सम्भवी सिन्हा एवं माया रोकालाई बुकआन्ट-ले विशेष सम्मान जनाएको थियो। रवि रोदन, वासुदेव पुलामी, सुचन, प्रणय शङ्कर, अजित विश्व, सुधा सङ्गम, प्रभात चिसो राई, पङ्कज शास्त्रीले कविता पेश गरेको समारोहमा अजित कुमार सरकारले तत्काल चित्र आँकेका थिए। काव्या पोर्तेलले तीनवटा गीत प्रस्तुत गरेकी थिइन्। 
उद्घोषिका अञ्जना भण्डारीद्वारा सञ्चालन गरिएको समारोहको अध्यक्षता साहित्य शिखर नरबहादुर दाहालले गरेका थिए भने मुर्धन्य सर्जक ज्ञानेन्द्र खतिवड़ा मुख्य अतिथिको रूपमा एवं लोकप्रिय गीतकार पुरन गिरी, दार्जीलिङ जिल्ला पुस्तकालय अधिकारी अमृत सुब्बा र वरिष्ठ सर्जक साङ्मु लेप्चा विशेष अतिथिको रूपमा उपस्थित थिए। समारोहमा मोहन ठकुरी,भविलाल लामिछाने, कालुसिंह रनपहेंली, स्नेहलता राई, उर्मिला घिसिङ, दिवस गुरुङ, निरज थापा अयोग्य, डा. खिलानाथ शर्मा, डा. भरत वशिष्ट, अजय साउ, (अप्रा) निर्मल सिञ्चुरी, पूर्ण मगर, दावा योञ्जन, नरेशचन्द्र खाती, देविका मङ्ग्रान्ती, विकास लामा,  मणिकुमार प्रधान, समीर शर्मा, खगेन्द्र शर्मा, जीत सोनार, लीलबहादुर सोनार, अनन्त गोम्देन, विशाल विश्वकर्मा, मेघनाथ छेत्री, कञ्चन गुरुङ, नोर्बु दोर्जी भुटिया, सुदर्शन अम्बटे, सुरेन प्रधान-जस्ता स्वनामधन्य साहित्यिक-सामाजिक व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI