Trending
News / 18th Apr 2023

साइन बोर्डमा बाटोको निर्माण कार्य पूरा तर अवस्था जस्ताका तस्तै।कहाँ गए बाटो निर्माण कार्यको राशी!

दार्जीलिङ 18 अप्रैल: भेढीगोठदेखि चाम्चुङ खोलासम्म को बाटो निर्माणको पैसा कहाँ गए भन्दै स्थानीय बासिन्दाहरूले प्रश्न तेर्साएका छन।कालेबुङ जिल्ला अन्तर्गत 40 नम्बर समष्टि पेदोङ ब्लकको कास्योन ग्राम पंचायत क्षेत्रमा पर्ने भेढीगोठदेखि चाम्चुङ खोला सम्मको बाटो अति नै जीर्ण अवस्थामा रहेको हुनाले गत 2021 मा जीटीएले 1 करोड 85 लाख 55 हजार रूपियाँ को लगनीमा जीर्णद्वारको कार्य गरिएको भेढीगोठमा जीटीएले बोर्ड लगाएको छन तर आज यतिका बर्षहरू विति सक्दा पनि बाटोको जीर्णद्वार नभएको स्थानीय बासिन्दाहरूले गुनासो पोखेका छन।स्थानीय बासिन्दा हरूले हाम्रो पार्टीको नेतृत्वहरूलाई एक चोटी निरक्षण गरिने अनुरोध गरेको हुनाले हाम्रो पार्टीको समष्टि अध्यक्ष असीम चन्द्र देवान,सहसचिव अमृत पोख्ररेलको नेतृत्वमा हाम्रो पार्टीको प्रतिनिधि टोली बाटोको निरक्षण गर्न पूगेका थिए।यस संदर्भमा समष्टि अध्यक्ष असीम चन्द्र देवानले स्थानीय बासिन्दाहरूले आफुहरूलाई फोन गरेर बाटोको अवस्था निरक्षण गरी दिने अनुरोध गरेको थियो।स्थानीय बासिन्दाहरूको अनुरोधलाई ध्यानमा राख्दै आज हामीले भेढीगोठदेखि चाम्चुङ खोलासम्मको बाटो निरक्षण गर्न आएका छौ।बाटोको जीर्ण अवस्था         देखेर हामी साच्चै नै आचार्य चकित भयौ।हामीले हाम्रो निरक्षणको क्रममा भेढीगोठमा जीटीएद्वारा लगाएको बोर्ड देख्यौ,जहाँ भेढीगोठदेखि चाम्चुङ खोलासम्मको बाटो निर्माण कार्यको निम्ति 1 करोड,85 लाख,55 हजार रूपियाँको लगनीमा बाटोको निर्माण कार्य बारे उलेख गरिएको भेटयौ अध्यक्ष देवानले भने।तिनले अधि भने बाटो निर्माण कार्यको शुभारम्भ 8 जुलाई 2021 बताएका छन तर स्थानीय बासिन्दाहरूसंगको कुराकानीमा आफु हरूलाई बाटो निर्माण कार्यको बोर्ड मात्र लगाएको अनि आजसम्म बाटोको निर्माण कार्य नगरिएको जनाएको समष्टि अध्यक्ष देवानले बताए।गत 2021 को बंगाल विधानसभा चूनाव अधि बाटोको हल्का फुल्का जीर्णद्वार को कार्य भएको थियो,त्यसपछि फेरि जीटीए सभाको चूनाव अधि यस्तै प्रकारको हल्का फुल्का जीर्णद्वारको कार्य गरिएको थियो तर बोर्डमा उलेख गरिएको रकमको तुलनामा बाटोको जीर्णद्वारको कार्य विश्वास योग्य नरहेको बताउँदै यति धेर रकम कहाँ गए भन्दै अध्यक्ष देवानले प्रश्न तेर्साए।तिनले अधि भने बाटोको अवस्था सोचनीय छ,बर्खायाममा परेको पानी बग्ने नाला समेत छैन,गाडी चालकहरूले आफ्नो ज्यान हत्केलामा राखेर गाडी हाक्ने गर्छन।भेढीगोठदेखि चाम्चुङ खोलाको बाटो भएर धेरैवटा ठाउँहरू जाने गर्छन तर बाटोको अवस्था सोचनीय रहेकोले गाडी चालकसंग संगै गाडीमा सवार भएका यात्रीहरू पनि डर संत्रासको यात्रा गर्न बाध्य भए देखिन्छ।यति धेर रकमले बाटोको निर्माण कार्य यस्तै हुन्छ? भन्दै अध्यक्ष देवानले प्रश्न तेर्साए।कालेबुङ जिल्ला अन्तर्गत पर्ने 40 नम्बर समष्टिको केवल पेदोङ, भेढीगोठदेखि चाम्चुङ खोलासम्म जाने बाटो निर्माण कार्य यस्तो छ भने अरू अन्य धेरै विषयहरूको निरक्षण गर्न बाँकी नै रहेको अध्यक्ष देवानले बताए।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI