Trending
News / 28th Apr 2023

रोटरी क्लब अफ् दार्जीलिङले समाजका तीनजना हीरोलाई रोटरी पुरस्कारद्वारा सम्मानित तुल्यायो।

दार्जीलिङ नगरपालिकाका सफाईकर्मी दिपक बाल्मिकी, धाविका सुनिता सुब्बा अनि महाकाल मन्दिर कमिटीका अध्यक्ष मेघराज राई सामेल छन्। दिपक बाल्मिकी दार्जीलिङ नगरपालिकाका एक सफाईकर्मी हुन्, जसले दार्जीलिङलाई सफा गर्न धेरै मेहनत गरिरहेका छन्। जसको कार्यमाथि रोटरी क्लबका एक सदस्य जाम्लिङ तेञ्जिङ नोर्गे शेर्पाले निकै समयदेखि दृष्टि राखिरहेका थिए, जसमाथि रोटरी क्लबका सदस्यहरूमाझ चर्चा भएपछि उनले रोटरी पुरस्कार 2023-23-ले सम्मना जनाउने निर्णय गरिएको हो। क्लबका अध्यक्ष सुनिर्मल चक्रवर्तीले दिपक बाल्मिकी हाम्रो समाजका एक हीरो नै हो भन्ने लागेपछि नै उनलाई रोटरी पुरस्कार दिने निर्णय गरिएको बताए। यसरी नै नानीकी आमा भएर पनि 122 किलोमिटरको लद्दाख म्याराथान जित्न सफल बनेकी सुनिता अन्यको लागि पनि एक उदाहरण बनेकी छन्। 2016-देखि दौड़ प्रतियोगिताहरूमा भाग लिन शुरू गरेकी सुनिताले 2022-मा 122 किलोमिटरको लद्दाख म्याराथानमा जीत हासिल गरेकी थिइन्। उनको यसै सफलताको लागि रोटरी क्लबले उनलाई पनि पुरस्कार प्रदान गरेको हो। यसबाहेक मेघराज राई दार्जीलिङ महाकाल मन्दिर कमिटीका अध्यक्ष हुन्, जसले आवश्यकतामा परेकाहरूलाई आफ्नो क्षमताले भ्याएसम्म सहयोग प्रदान गर्दै आइरहेका छन्। उनको यसै निःस्वार्थ सेवाको कदर गर्दै रोटरी क्लबले उनलाई पनि 2022-23-को रोटरी पुरस्कारले सम्मान जनाएको हो। जीटीएका कार्यकारी निर्देशक साम्देन डुक्पाको मुख्य आतिथ्यमा आयोजित एक कार्यक्रममाझ नै यी हीरोहरूलाई सम्मान जनाइएको हो। साम्देन डुक्पा रोटरी क्लब अफ् दार्जीलिङका एक अनरेरी सदस्य पनि हुन्।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI