Trending
News / 20th Sep 2023

एसडीएफ 2.0 अभियानलाई सही समयमा सिक्किमेली सर्वसाधारणले उचित उत्तर दिनेछ : शितल सोताङ (राई)

एसडीएफ पार्टीको निम्ति 19 सेप्टेम्बर 2023-मा हुने भनेको वृहत् समावेशी (चरीी गेळपळपस) कार्यक्रम “हात्ती आयो हात्ती आयो फुस्स...” भने झैं भयो। एसडीएफ पार्टीका नेताहरूले 19 सेप्टेम्बरको दिन सिक्किमका राजनीतिक धरातलका महारथीहरू साथै एसकेएम पार्टीका उच्च नेताहरू एसडीएफ पार्टीमा सामेल हुन्छन् भनेर ढोल पिटेका थिए। उनीहरूको यो ढोल पिटाई पूर्ण रूपले झुटो साबित भएको छ। हिजो एसडीएफ पार्टीमा एसकेएम पार्टीका कोही पनि नेताहरू सामेल भएनन्। यसरी आफ्नो प्रोपोगाण्डामा विफल बनेपछि एसडीएफमै रहेका अनि 2019-मा एसडीएफलाई नै सघाएका केही सेवा निवृत्त नौकरशाहहरूलाई जबरजस्ती एसडीएफ पार्टीमा सामेल गरेको नाटक गरेर गाल टार्ने प्रयास गरे। 2019-को आम चुनाउमा पवन चामलिङको परिवारवादी र सामन्ती सोंच एवं कार्यपद्धतिकै कारण अवसर नपाएका अनि अवसर नपाएपछि एसडीएफ पार्टीबा बाउँठिएर हिँड़ेका केही अवसरवादी व्यक्तिहरू अवसरकै खोजीमा फेरि एसडीएफमा फर्किएका छन्, यसको ज्वलन्त उदाहरण श्री आशीष राई हुन्। एसडीएफ पार्टीलाई “स्कूल अफ् पोलिटिक्स” भनेर हिजो सम्बोधन गर्ने यिनै आशीष राईले 2019-मा आफूले टिकट नपाउँदा “स्कूल अफ् पोलिटिक्स” एसडीएफ पार्टीको मुख्यालयका झ्यालका ऐनाहरू ढुंगाले हिर्काएर फुटाएका थिए। श्री आशीष राईले भनेको “स्कूल अफ् पोलिटिक्स”-मा एसडीएफ पार्टीले आफ्नै मुख्यालयमा ढुंगा हिर्काउनु सिकाइदो रहेछ अथवा पढ़ाइदो रहेछ भन्ने कुरा उनकै व्यवहारले प्रमाणित गरेको छ। ‘थुकेको थुकलाई एकपल्ट होइन तर सयौंपल्ट चाट्न तयार छु...” भनेर श्री आशीष राईले एसडीएफ पार्टी वास्तवमा थुकेको थुक नै हो भनेर स्वीकार गरेका छन्। सयौंपल्ट चाटेपनि थुकेको थुक आखिर मुखबाट निस्किएको थुक नै हो, त्यसले कसैको तृष्णा मेट्न सक्दैन, न त धरतीलाई नै भिजाएर मलिलो बनाउने त्यसमा सामर्थ्य हुन्छ। यसैले थुकेको थुक सयौंपल्ट नै चाटेपनि श्री आशीष राईको तृष्णा मेटिने छैन भन्ने कुरा प्रष्ट छ। अनि उनले पुनः “स्कूल अफ् पोलिटिक्स”-को मुख्यालयमा ढुंगा हान्ने निश्चित छ।
यसरी नै सेवा निवृत्त नौकरशाहहरू श्री एसटी तामाङ, श्री पदमलाल सुब्बा आदि 2019-सम्म एक सरकारी अधिकारीको रूपमा होइन तर त्यस समयका मुख्यमन्त्री श्री पवन चामलिङको चाटुकारिता गर्दै आएका जनता विरोधी नौकरशाहहरू थिए। एसकेएम पार्टीको सरकार आएपछि आफ्नो कुर्सीबाट जनतालाई हेप्न नपाएपछि, कार्यालयमा मनोपोली गर्न नपाएपछि विक्षुब्ध बनेर आफ्नो असली रूप देखाउँदै एसडीएफ पार्टीमा सामेल भएका हुन्। यस्ता जनविरोधी र भ्रष्टाचारी नौकरशाहहरू थन्किने अनि निस्सासिने ओ़ढ़ार भनेको नै एसडीएफ पार्टी हो। श्री नवीन कार्की 2019 अघि नै आफ्नो स्वार्थ पूरा नहुँदा एसकेएमलाई त्यागेर एसडीएफलाई सघाउने व्यक्ति हुन्। समग्रमा भन्नु हो भने विभिन्न रूप र अभिनयमा रहेका व्यक्तिहरू, जो हिजो एसडीएफ पार्टीमा सामेल भएको नाटक गरे, उनीहरू एसडीएफ पार्टीकै हाजिरामा काम गरिरहेका खेतालाहरू थिए। यसरी हाजिरामा काम गर्ने खेतालाहरू आफ्नै मालिकको शरणमा पर्दा एसकेएम पार्टी अनि सिक्किमेली जनतालाई रत्तिभरको नोक्सानी छैन। समाजका यस्ता जनविरोधी तत्त्वहरू भेला भएर सिक्किम अनि सिक्किमेली जनसमुदायको विरुद्धमा एक हुने ठाउँ भनेको नै एसडीएफ पार्टी हो। एसडीएफ पार्टीमा अहिले गरीब जनताको उन्नति हेरिनसक्ने, युवाहरूको भविष्य राम्रो भएको देखिनसक्ने, विद्यार्थीहरूले राम्रो विद्या आर्जन गर्न पाएकोमा आह्रिस गर्ने, बिरामी र आपदमा परेकाहरूले सरकारबाट सहयोग पाउँदा राल काढ्नेहरू मात्र भेला भएका छन्। स्वार्थै स्वार्थले भरिएको अति स्वार्थी, महत्त्वाकांक्षी व्यक्तिहरूको चौतारी बनेको छ एसडीएफ पार्टी। यस्ता स्वार्थी व्यक्तिहरूको स्वामित्व रहेको एसडीएफ पार्टीबाट सिक्किमे जनताको हित र हकमा एउटै पनि काम हुन नसक्ने सत्य विगत अनि वर्तमानले देखाइरहेको छ। आफ्नो शासनकालमा सिक्किमेली जनसमुदायलाई शोषण, दमन गर्ने यिनै एसडीएफ पार्टीका नाइकेले 2024-मा पुनः गल्ती नगर्ने जुन बयान दिइरहेको छन् त्यो गोहीको आँसु हो भन्ने कुरा सिक्किमेली सर्वसाधारणले बुझिसकेका छन्, अनि एसडीएफ 2.0 अभियानलाई सही समयमा सिक्किमेली सर्वसाधारणले उचित उत्तर दिनेछ भन्ने कुरामा एसकेएम पार्टी विश्वस्त छ। आफ्नो शासनकालमा सर्वसाधारण जनतालाई सक्दो अत्याचार, शोषण, दमन गर्ने एसडीएफ पार्टीका नाइकेले “एसडीएफलाई पुनः एकपल्ट मौका दिनुहोस्, हामी राम्रो गर्नेछौैं...” भन्नु चैं कुकुरले 2019-पछि चारै वर्षमा मेरो पुच्छर ढुङ्ग्रोमा हालेर सिधा भएको छ भने जस्तै हो। किनभने, कुकुरको पुच्छर 12 वर्ष ढुंग्रोमा हाले पनि बाङगोको बाङ्गै भन्ने कुरा आम सिक्किमे जनतालाई थाहा छ अनि सही समयमा एसडीएफ पार्टीलाई पनि ऐना देखाइदिनेछन्। जसरी 12 वर्ष ढुंग्रोमा हाले पनि कुकुरको पुच्छर सिधा हुँदैन, त्यसरी नै 25 वर्ष गल्ती गर्ने एसडीएफ नाइके एवं पूर्व मुख्यमन्त्री श्री पवन चामलिङले आफ्नो लागेको आदत पटक्कै त्याग्नेछैन।

शितल सोताङ (राई)
सचिव, सोशल मीडिया
सिक्किम क्रान्तिकारी मोर्चा

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI