Trending
News / 16th Apr 2023

सिलगढी सम्मान : विविध क्षेत्रका व्यक्तित्वहरूलाई जनाइयो सम्मान

दुर्गागढी जनकल्याण संगठनको आयोजनामा शुक्रबार विविध कार्यक्रमसहित सिलगढी सम्मान कार्यक्रम सम्पन्न गरियो। यस अवसरमा विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुऱ्याउँदै आइरहेका सिलगढी भेकका विशिष्ट व्यक्तिहरूलाई संगठनले सम्मान जनाउने काम गऱ्यो। जसमा, विशिष्ट समाजसेवी, साहित्यकार, चिकित्सक, पत्रकार, कलाकार, सङ्गीतकार सरकारी उच्च अधिकारी, उद्योगपति अनि खेलाड़ीहरूलाई गत वर्ष झैं यस वर्ष पनि स्मृति चिन्ह, दोसल्ला ओडाएर सिलगढी सम्मान जनाइने काम गरियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सिलगढीका डेप्युटी मेयर रञ्जन सरकार, मणिपुरका भूतपूर्व जिल्लापाल (आइएएस) के.के छेत्री, साहित्यकार लोकनाथ उपाध्यायलगायत अन्यान्य प्रमुख रूपमा उपस्थित थिए। यस अवसरमा विशेषगरी गीत-सङ्गीत क्षेत्रमा वयोवृद्ध शान्ति ठटाल अनि अशोक राईजस्ता हस्तीहरूलाई सिलगढी सम्मान जनाइयो। 
यसैबीच पत्रकारहरूलाई सम्मान जनाउने क्रममा द हिमाल वर्ल्डका समाचार सम्पादक शरद नेपाल, हिमालय दर्पणका नृपेन गुरुङ अनि सीसीएन-का संवाददातालाई पनि सिलगढी सम्मान प्रदान गरियो। 
यस अवसरमा ससाना नानीहरूले सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए। संगठनका अध्यक्ष अमल खवासले कार्यक्रमबारे विस्तृत रूपमा प्रकाश पारे। कार्यक्रमको सञ्चालन संगठनका महासचिव खेम सापकोटाले गरेका थिए।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI