Trending
News / 24th Jul 2023

भुमि अनि भुमिसुधार बिभाग जीटीएलाई हस्तान्तरण गर्ने राज्यको मन्त्रीमण्डल(Cabinet) ले गर्यो अनुमोदन

"मेरो जमीन मेरो अधिकारको नारा लिएर सुरु गरिएको पहलको उपलब्धि हो यो हस्तान्तरण।" अनित थापा

आज देखि राज्यको मनसून सत्र सुरु भएको छ। यो समय कालेबुङका विधायक सदनमा भाग लिन कोलकातामा छन्। उनले कोलकाताबाट जानकारी दिँदै भने, "जी टी ए क्षेत्रका डिआइफण्ड अनि डेभोलोपमेण्ट क्षेत्रमा बसोबासो गर्नेहरुको निम्ति खुशीको खबर यो छ कि राज्य सरकारले डिआइफण्ड अनि डेभोलोपमेण्ट क्षेत्रमा  क्षेत्रमा बसोबासो गर्ने  नागरिकहरुको जमिनको मालिकाना हकको निम्ति भुमि अनि भुमीसुधार बिभागलाई जीटीएलाई हस्तान्तरण गर्ने भएको छ। उक्त बिषयलाई आज  राज्यको मन्त्रीमण्डल(Cabinet) ले पनि अनुमोदन गरेको छ।"

उनले डिआइफण्ड अनि डेभोलोपमेण्ट क्षेत्रमा बसो बासो गर्ने नागरिक लाई बधाई दिँदै जी टी ए प्रमुख कार्यपाल अनित थापा प्रति कृतज्ञता प्रकट गरेका छन्।

यस विषयमा अनित थापा सँग उनको टिप्पणी जान्न खोज्दा उनले भने, " डिआइफण्ड अनि डेभोलोपमेण्ट क्षेत्रमा बस्ने नागरिकको निम्ति यो महत्वपूर्ण खबर हो। अब उहाँहरूको जमिनको अधिकार पनि उहाँहरू कै नाम मा हुनेछ। बीजीपिएमले सुरु देखि नै नागरिकलाई अधिकार दिलाउनु सुरु गरेको पहल हो यो। मेरो जमीन मेरो अधिकारको नारा लिएर सुरु गरिएको पहलको उपलब्धि हो यो हस्तान्तरण । यो बीजीपिएमको एउटा ठूलो उपलब्धि पनि हो। विधायक रुदेन सादाले पनि यस मुद्दालाई पक्रेर नै लैजानु भयो। उहाँलाई पनि बधाई दिनु चाहन्छु।"

स्मरण रहोस यो समय अनित थापा, राजेश चौहान, डेपुटी चेयरम्यान, अरुण सिग्छी, रुदेन सादा कोलकातामा छन् अनि विभिन्न विभागका अधिकारी अनि मन्त्रीहरु सँग बैठक गर्दैछन्।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI