मेची डाङ्गीमा दार्जीलिङ जिल्ला युवा मोर्चा टोलीको भ्रमण
आज भारत-नेपाल सिमा क्षेत्र मेची डाङ्गी(पानीट्याङ्की अनि काक्रीभित्ता) नजिकमा रहेको गाउँमा दार्जीलिङ सांसद राजु बिष्टको निर्देशमा दार्जीलिङ जिल्ला युवा मोर्चाका एक प्रतिनिधि टोलि उक्त क्षेत्रको भ्रमणमा गएका थिए। उक्त गाउँ नेपाल संग जोरिएको गाउँ रहेछ। आजको युगमा पनि उक्त गाउँमा ना बत्ती,ना स्कुल,ना बाटो,ना खाने पानी कै को पनि सुबिधा छैन रहेछ।
सरकार बाट पाउने सुबिधा पनि अहिले सम्म केहि नपाएको गाउँलेहरुको भनाई रहेको छ।
आज जाने टोलिले गाउँका सबै मानिस हरु संग भेट गरेर उक्त गाउँको समस्या बारे जानकारी लिएका छन।
आजको भ्रमणमा भारतीय जनता महिला मोर्चा दार्जीलिङ जिल्ला सिलगडी बाट श्रीमती बबिता छेत्री, दार्जीलिङ जिल्ला युवा मोर्चा अध्यक्ष नीरज राई, दार्जीलिङ जिल्ला उपाध्यक्ष सुपेन्द्र प्रधान, दार्जीलिङ जिल्ला सचिव सिद्धांत अधिकारी रहेका थिए।
We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more